प्रधानमन्त्री तथा मन्त्री परिषदबाट प्रस्ताबित राष्ट्रिय सदाचार नितिको सम्बन्धमा पास्टर अगुवाहरुसँग वृहत छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न

 

आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा क्वानोनिया पटन मण्डलीमा प्रधानमन्त्री तथा मन्त्री परिषदबाट प्रस्ताबित राष्ट्रिय सदाचार नितिको सम्बन्धमा पास्टर अगुवाहरुसँग वृहत छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका उप–महासचिव पा. चन्द्रमान नेपालीज्यूले संचालन गर्नुभएको कार्यक्रममा महासचिव पा. पदमनाथ पराजूलीज्यूले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने उप–महासचिव तथा प्रवक्ता पा. सागर वैजूज्यूले विषयवस्तु प्रवेश गर्नुभएको थियो । सो क्रममा उहाँले सदाचार नितिका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । क्वानोनिया पटन मण्डलीका वारिष्ठ पा. मंगलमान महर्जनज्यू, नेपाली इसाई मण्डली ज्ञानेश्वरका पा. शामुएल डन कार्थकज्यू, पा. वि.पि. खनालज्यू पा. नवराज पन्तज्यू, महासंघका सहअध्यक्ष डा. फिलेमोन क्षेत्री, उपाध्यक्ष शामुएल सोधेम्बा, रेज एण्ड साइनका साविना चाम्लिङ, रोमी मगर लगायतका व्यक्तिहरुले अहिलेको जटिल परिस्थितिमा सबैजना मिलेर एक भई प्रार्थना सहित अगाडि बढ्नु पर्ने सुझाव दिनुभएको थियो । त्यसैगरि महासंघका अध्यक्ष सि.वि. गहतराजज्यूले नेपाली इसाई समुदायको हकहितका लागि महासंघ लागी परेको हुँदा सबैको साथ, सहयोग र प्रार्थना गरिदिनुहुन सबैलाई अनुरोध गर्नुभयो । उहाँले अहिलेको अवस्थामा हामी जो कोही पनि यसको निशनामा पर्ने भएको हुँदा सबैजना सजग रहन अग्रह गर्नुभएकोे थियो ।
कार्यक्रम उपस्थित पास्टर तथा अगुवाज्यूहरुले महासंघले इसाई समुदायको सयुक्त आवाजलाई लिएर अगाडि बढेकोमा हुँदा सबैको साथ र सहयोग रहने बताएका छन् । साथै कार्यक्रम अहिलेको जटिल परिस्थिति र समस्याहरुको निम्ति प्रार्थना पनि गरिएको थियो । जसको अगुवाइ उपाध्यक्ष रेभ. रिन्जी लामाले गर्नुभएको थियो ।

Related Articles

Back to top button