एकताको रटानमा अनेकता

-भुवन देवकोटा
एक पटक निकै चर्चा चलेको नेपाली ख्रीष्टियान समुदायको एकताको पहल र परिश्रम अब सेलाउँदै गएकोजस्तो देखिन्छ । सबैजना आआफ्नै धुन र ध्येयमा तर्किएका छन् भने सारा नेपाली ख्रीष्टियान समुदायलाई एउटै आत्माको एकतामा देख्ने विश्वासीहरूको चाहना पनि अपूरै हुने छाँटकाँट छ ।
परमेश्वरको वचनले हामी सबै विश्वासीहरूलाई एकताको लागि प्रयत्न गर्न आव्हान गर्दछ । एकतामा पनि आत्मिक सामर्थ्य लुकेको हुन्छ । जब सबै विश्वासीहरू वचन र कार्यमा एक हुन्छन्, शैतान थरथर काम्दछ किनभने यहाँ परमेश्वरको महिमा र शक्ति प्रकट हुन्छ । हामी सबैले एउटै आत्मा पाएका छौं र त्यही आत्माको अगुवाइमा नै हामीले एउटै परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौं ।
एकताका लागि विभिन्न पहलकदमीहरू पनि नभएका होइनन् । आफूलाई एकताको पक्षधर ठान्ने धेरैजना आफैं नै एकताका लागि बाधा बनेका पनि देखिएका छन् । एकताको लागि एउटा समितिमा बस्ने र फेरि त्यसको बराबर एकताकै लागि अर्को समिति बनाउने कुरामा पक्कै पनि इमानदारिता हुँदैन । एउटै व्यक्ति विभिन्न एकताका समितिमा रहनुको अर्को कारण पदको लोभ पनि । येशूले गर्नुभएको तलको प्रार्थना अहिले पनि सान्दर्भिक छ—
“जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भएझैं तिनीहरू पनि एक होऊन्” (यूहन्ना १७ः२२) ।

Related Articles

Back to top button