इम्मानुएल चर्च, फाेल्कस्टाेन, युकेकाे अार्थिक सहयाेगमा

बिराटनगर -८,माेरङ्ग स्थित बिजयी मण्डलीकाे नवनिर्मित भवन बरिस्ठ पाष्टर बीर बहादुर राईज्युले रिबन काटेर उद्घाटन गर्नुभयाे। गत श्रावण ३०गते अाएकाे भिषण बाढीले क्षतिग्रस्त उक्त मण्डली भवन निर्माणकाेलागी बेलायत स्थित नेपाली मण्डलीले एक च्यारिटी कार्यक्रमकाे अायाेजना गरी अार्थिक सहयाेग संकलन गर्नुकासाथै मण्डलीकाे काेषबाट गरी रु.छ लाख बीस हजार पठाएको इम्मानुएल चर्च बेलायतकाे डिकन हिम्मत राईले जानकारी दिनुभयाे। बिदेशमा बसेर पनि स्वदेशमा अापदमा परेकाे मण्डलीलाई सहयाेग गर्नु उदाहरणीय कार्य भएको बिराटनगर इशाई समाजका अध्यक्ष पा.माेहन सुब्बाले साे कार्यक्रममा बताउनुभयाे। त्यसैगरी यशैया ५६:७ अनुसार मण्डली परमेश्वरकाे प्रार्थनाकाे घर भएकाे बताउदै मण्डली सुसमाचारकाे केन्द्र,अाशिषकाे केन्द्र र सत्यकेन्द्रित मण्डली हुनुपर्ने नेपाल राष्ट्रिय मंडली संगतिकाे केन्द्रीय सह सचिब पा.हिमाल जाेसेफ राईले परमेश्वरकाे बचनद्वारा बताउनुभयाे।उहाँकाे बिशेष अनुराेधमानै बेलायत स्थित नेपाली मण्डलीले सहयाेग पठाएको थियाे। साे समाराेहमा स्थानिय मण्डलीकाे पाष्टर नगेन्द्र लिम्बूले बाढीले मण्डली भवन क्षतिग्रस्त हुँदा पिडाले छट्पटी भएर परमेश्वरसंग गुनासाे गरेकाे बताउदै परमेश्वरकाे याेजना महान भएकाे र उहाँको कार्य अचम्मित भएको बताउनुभयो । “हामीलाई याे नयाँ सुन्दर भवन दिने ईच्छा प्रभुकाे रहेछ,बाढीले क्षति नगरेकाे भए हामी बाँसको टाटी र दुलाे परेकाे पुरानाे टिन भित्रै हुनेथियाैं”। उहाँले सहयाेग गर्ने इम्मानुएल चर्च ,बेलायतका सपरिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सहयाेग गर्ने बेलायत स्थित नेपाली मण्डलीकाे एल्डर सुबास लिम्बू ,हेलेन लिम्बू र डिकन एस्तर लिम्बुकाे शुभकामना सहभागीलाई
सुनाईएकाे थियाे। बिदेशमा बसेरपनि नेपालमा सहायता गर्नु असल नमुना भएको सहभागी पाष्टर,अगुवाहरुले बताउदै यस्तो कार्य अरुहरुले पनि गर्नुपर्ने बताउनुभयो । बेलायत स्थित उक्त नेपाली मण्डलीले यस अघि पनि सिन्धुपाल्चोकमा एउटा भुकम्पले क्षति ग्रस्त मण्डली भवन निर्माण गरिदिईकाे थियाे।
https://www.youtube.com/watch?v=ztnrN4lUC60

Related Articles

Back to top button