जीवन गवाही चलचित्रको उठेको रकम सामाजिक क्षेत्रमा

जीवन रायमाझीकाे जीवनीमा अाधारित टेस्टमाेनीएल डकुमेन्ट्री चलचित्र “जीवन”  विभिन्न चर्चहरुमा देखाउने क्रम जारि रहेको छ । राजधानीमा एक पत्रकार सम्मेलन गरि सो चलचित्र सार्वजनिक गरिएको थियो ।

खेलदेखि जेलसम्म पुगेपछि कसरी परमेश्वरले महान् कार्य गर्नुभयो भनेर सो चलचित्रमा देखाएको छ । यसबाट जति रकम उठ्छ सबै मानव बेचविखन र महिला र बालबालिकाहरुको उद्धार र पुर्नस्थापन लागि खर्च गरिने जानकारी जीवन रायमाझीले दिनुभएको छ । यदि कुनै चर्चमा प्रर्दशन गर्नको लागि सिधै जीवन रायमाझीलाई सम्पर्क गर्न सकिने छ । ९८५११०९९९३ ।

हिजो नेपाल बेथेस्दा मण्डली ललितपुरकाे थेचुका विश्वासीहरुको बीचमा सो चलचित्र देखाएको थियो । उहाँहरुले धेरै आशिष पाएको जानकारी प्राप्त भएको छ । केही प्रतिक्रिया हेर्नुहोस्

Related Articles

Back to top button