‘तिमीहरूका सबै काममा ।’

सोमवार, अप्रिल ३०, वैशाख १७
‘तिमीहरूका सबै काममा ।’ —व्यवस्था २८ः८

पेशा (भोकोशन) भन्ने शब्दको ल्याटिन शब्द भोकारे बाट आउँछ, जसको अर्थ ‘आत्मिक बोलावट’ भन्ने हुन्छ । प्रत्येक पेशा, चाहे त्यो जेसुकै होस्, परमेश्वरबाटको बोलावट हो । अनि तपाईंंंले आफ्नो पेशालाई त्यसरी बुभ्mन सुरू गर्नुभएदेखि, परमेश्वरले तपाईंंंको काममा आशिष् दिन चाहनुहुन्छ भन्ने कुरा विश्वास गर्न तपाईंंंलाई सजिलो हुनेछ । त्यसकारण, त्यो कुरालाई ध्यानमा राख्दै तपार्इंले यी काम गर्नु आवश्यक छः १) तपाईंंंको वरदानसँग मिल्ने काम गर्नुहोस् । ‘यदि कसैले सेवा गर्छ भने, परमेश्वरले दिनुभएकोे शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्’ (१ पत्रुस ४ः११) । २) आफ्नो कामको बारेमा सम्भव भएसम्म सबै कुरा सिक्नुहोस् । ‘बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्’ (हितोपदेश १ः५) । ३) परमेश्वरलाई तपाईंंंको साँचो मालिककोरूपमा मान्यता दिनुहोस् । ‘मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ’ (एफिसी ६ः७–८) । ४) कामलाई परमेश्वरको वरदानको रूपमा हेर्नुहोस्, दण्डको रूपमा होइन । ‘जब परमेश्वरले कुनै मानिसलाई धन–सम्पत्ति र जग्गाजमीन, र ती उपभोग गर्ने मौका दिनुहुन्छ र त्यसलाई आफ्नो भाग ग्रहण गर्न र आफ्नो काममा खुसी रहन दिनुहुन्छ— यो परमेश्वरको वरदान हो’ (उपदेशक ५ः१९) । ५) आलोचनालाई तपाईंंंको फाइदाको लागि प्रयोग गर्नुहोस् । वास्तवमा, यसलाई आफ्नो लागि काम गर्न लगाउनुहोस् । अरूबाट सुझाव र सुधार खोज्नुहोस् । ‘ताडनालाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ । तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुनेछ’ (हितोपदेश १३ः१८) । ६) आशा गरिएकोभन्दा बढी गर्नुहोस् । ‘यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ’ (मत्ती ५ः४१) । ७) प्रभुलाई तपाईंंंको कामको साझेदारकोरूपमा हेर्नुहोस् । तपाईंंंले आफ्नो कर्तव्य पालन गर्नुहुँदा, दिनभरि मनमा ख्रीष्टप्रति सचेत रहनुहोस् र ‘परमप्रभुले तिमीहरूका सबै काममा आशिष्को आज्ञा दिनुहुनेछ…तिमीहरूका हात रहेको सबै कुरामा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ ।’
प्रेरित २४–२६, मर्कूस ५ः२१–३०, भजन ९४ः१–११, हितोपदेश ११ः१४–१५

 

Source: Message of Hope Nepal

Related Articles

Back to top button