कोहोलपुरस्थित सेन्ट जोशेफ क्याथोलिक चर्चमा अज्ञात समूहले आगजनी

कुमारसिंह विष्ट । २२ वैशाख ०७५ । काठमाडौं । नेपालगंज कोहोलपुरस्थित सेन्ट जोशेफ क्याथोलिक चर्चमा शुक्रबार राती एक अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंस्थित एसम्सन क्याथोलिक चर्चका सदस्यका अनुसार हिजो शुक्रबार राती करिव एक बजे हतियारसहितको एक अज्ञात समूह चर्चको हातामा प्रवेश गरि फादर प्रमोद टोप्पोलाई हातियार देखाई चर्च भित्र आगजनी गरि फरार भएका छन् ।
चर्च भवनको तस्बिर । 
घटनाका वारेमा जानकारी लिन काठमाडौंबाट नेपाल क्याथोलिक चर्चका विशप पावल सिमिक र कारितास नेपालका निर्देशक फादर शिलास वोगटी आज शनिबार विहान घटनास्थल कोहलपुरतर्फ प्रस्थान गर्नु भएको समाचार श्रोतले जनाएको छ । चर्चमा किन र कसले आगजनी ग¥यो भन्ने कुरा यो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन् । श्रोतका अनुसार उक्त चर्च भवन एक महिना अघि मात्रै कोहलपुरमा स्थापना गरिएको थियो ।
आगजनी पूर्वको सेन्ट जोशेफ क्याथोलिक चर्च भित्रको तस्विर ।तस्विरः चिरेन्द्र सत्याल काठमाडौं
राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सीवी गहतराजले कोहलपुरको चर्चमा भएको आगजनी निकै निन्दनिय र धर्म निरपेक्षता र संविधानको भावना विपरित भएको भन्दै नेपाल सरकार गृह मन्त्रालयले घटनाको सत्यतथ्य कुरा पत्ता लगाई अपराधीहरुलाई कानुनको दायरामा ल्याई कारवाही गर्न आग्रह गर्नु भएको छ ।
उहाँले देशको शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालयले नेपालका चर्चहरुको सुरक्षाको ग्यारेण्टी लिनु पर्ने बताउँनु भयो ।
पछिल्लो समय नेपाली चर्चहरुप्रति राज्यको नीति कठोर वनिरहँदा कोहलपुरमा रहेको सेन्ट जोशेफ क्याथोलिक चर्चमा एक अज्ञात हतियारधारी समूहले आगजनी गरेपछि नेपाली चर्चहरु आतंकित बनेको र गृह मन्त्रालयले नेपालभरका चर्चहरुको सुरक्षा लिनु पर्ने कुरा महासंघ अध्यक्ष गहतराजले तुरहीसँगको कुराकानीमा बताउँनु भयो ।

Related Articles

Back to top button