पाँचथरमा अवस्थित हिब्रोन चर्चमा आगजनी

पाँचथर, २७ वैशाख । पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ६ मा सञ्चालित हिब्रोन चर्चमा बिहीबार विहान आगजनी भएको छ । विहान ४ वजेतिर चर्चको झ्ल फोडेर भित्र पसेका व्यक्तिहरुले आगजनी गरी फरार भएको वताइएको छ ।
आसपासका वासिन्दाले चर्चमा धुँवा आएको देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय राज लोवाले जानकारी दिनुभयो । आगोले चर्च भित्रका कार्पेट र फर्निचरमा क्षति पुगेको छ ।
video  हेर्नुहोस
https://www.youtube.com/watch?v=cL9e3VrcwKY&feature=youtu.be

Related Articles

Back to top button