हेब्राेन चर्च, चतुरे, पाँचथरकाे Ncf Nepal बाट स्थलगत निरीक्षण

गत २७ गते अज्ञात समुहले अागजनी गरेकाे हेब्राेन चर्च, चतुरे, पाँचथरकाे Ncf Nepal काे केन्द्र र क्षेत्रकाे संयुक्त टाेलीद्वारा स्थलगत निरीक्षण गरी तत्काल राहत स्वरुप रु.३००००/ प्रदान गरेकाे छ।।स्थानिय पाष्टर हस्तराज लिम्बूले अागजनीद्वारा रु.३७५०००/=बराबरकाे धनमाल नष्ट भएको बताउनुभयाे। टाेलीले इलाका प्रहरी कार्यालय, फिदिमका प्रहरी नायव उपरीक्षक बामदेब गाैतमसंग भेट गरी अनुसन्धानको प्रगतिको बारेमा जानकारी लिनुकासाथै अनुसन्धान सकृयता र निष्पक्ष तरिकाले गर्न अनुराेध गरेकाे छ। भेटमा प्रहरी नायब उपरीक्षक बामदेब गाैतमले अनुसन्धान तिब्र गतिले भएको जानकारी दिदै अपराधीलाई ढिलाे छिटाे पक्राउ गरिने बताउनुभयाे। स्थलगत निरीक्षण टाेलीमा Ncf nepal काे केन्द्रीय उपाध्यक्ष पाष्टर बीरबहादुर कार्की, सह सचिव पाष्टर हिमाल जाेसेफ राई, महिला बिभागकाे केन्द्रीय अध्यक्ष शुभला कार्की, १ नं. प्रदेश अध्यक्ष पाष्टर बिकास राई, उपाध्यक्ष पाष्टर गंगा अाले, सदस्य चन्द्रा मादेन रहेकाे थियाे। अागजनीले पुलपिटकाे भाग क्षती पुर्याउनुका साथै, संगित सामग्री, कार्पेट, पर्दालगायतका सामग्री पुर्णरुपमा जलेकाे छ। स्थलगत निरीक्षण पश्चात देश विदेशमा रहेकाे मण्डली र बिश्वासीहरुलाई प्रार्थना र अार्थिक सहयाेग गर्न Ncf Nepal का केन्द्रीय सह सचिव पाष्टर हिमाल जाेसेफ राईले अाग्रह गर्नुभयाे। यस अघि पनि स्थानीय पाष्टरकाे निवास अगाडि अज्ञात समुहले बम राखेकाे हेब्राेन मण्डलीका  पाष्टर खडग राईले निरीक्षण टाेलीलाई जानकारी दिनुभयाे।

 

Related Articles

Back to top button