वरिष्ठ पाष्टर राजेन्द्र रोगोंग भौतिक संसारबाट विदा

नेपाली इसाई मण्डलीका संस्थापक पाष्टर डा. पा. राजेन्द्र रोगोंगको आज (०२ जेठ) पाटन अस्पतालमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका पाष्टरको विभिन्न शारिरको समस्या आएपछि उहाँलाई लामो समयदेखि विभिन्न अस्पतालमा उपचार गरिरहेको थियो । उहाँ ८८ वर्षको उमेर हुनुहुन्थ्यो ।

Phone: Rajesh Magar\ bachan Patrika

पास्टर राजेन्द्र रोङ्‍गोङ् ख्रीष्‍टियन क्षेत्रमा परिचित र नेपालमा त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गरी योगदान पुर्‍याउनुभएको थियो।
२४ अप्रिल १९३० मा कालिम्पोङ्गमा जन्मिनु भएका डा राजेन्द्र रोङ्‍गोङ् सन् १९५० देखि नै प्रध्यापन गराउँदै आउनुभएको थियो। अमेरिकाको साउद्रन इलिनोरिस विश्वविद्यालयबाट पाठ्यक्रम तथा शिक्षणमा विद्यावारिधि गर्नु भएको थियो। विभिन्न शैक्षिक संस्थाहरूमा पढाउनुभएका डा. रोङ्‍गोङ् त्रिभुवन विश्वविद्यालको राष्ट्रिय विकास सेवा (१९७४-१९७५) र पाठ्यक्रम विकास केन्द्र (१९७५-१९९०) को प्रमुख पनि हुनुहुन्थ्यो । साथै ख्रीष्‍टियन क्षेत्रमा नेपाल विश्वविद्यालय ख्रीष्टियन विद्यार्थी सङगति र अन्य ख्रीष्टियान सङ्घ-संस्थाहरूमा पनि आबद्ध भइ सेवा पुर्‍यानुभएको थियो। डा रोङ्‍गोङ्का लेख, रचनाहरू, पुस्तकहरू विभिन्न विधामा प्रकाशित छन् ।

11 member with Late Rajendra Kumar Rongong.

पछिल्लो समय नेइम धोविघाट चर्चको पूर्णकालिन पास्टरिया सेवामा रहनु भएको थियो । उहाँ पादरी गंगाप्रसाद प्रधानको छोरीपटिको सन्तानको रुपमा हुनुहुन्थ्यो । साथै पाष्टर रोवर्ट कार्थकको ज्वाइ हुनुहुन्थ्यो । पा. रोवर्ट कार्थकको आफ्नै बहिनीसँग उहाँको विवाह भएको थियो ।

स्यायीरुपमा धोविघाटका बस्नुभएको रोगोंगका १ छोरा र २ छोरी छन् ।

शुक्रबार ११ बजे नेपाली इसाई मण्डली, कालोपुलमा उहाँको मृत्यु सेवा रहने जानकारी प्राप्त भएको छ ।

 

Related Articles

Back to top button