“उत्साह’ पुस्तक विमोचन

विश्वास र काम नेपालको प्रकाशन र राजु रम्तेलद्वारा लिखित टुटेको हृदयबाट टुटेका हृदयहरूका लागि “उत्साह” नामक कृति रेभ.डा.बालकृष्ण शर्मा, रेभ.पा.रुवेन राना र श्री ठूलोभाइ रम्तेलको बाहुलीबाट मिति २०७५ जेठ २० गते आइतवार रोफेका नवजीवन मण्डली, बनेपामा भव्य कार्यक्रम गरी पुस्तक विमोचन भएको छ । स्तुतिप्रशंसाबाट शुरु भएको कार्यक्रममा पा.पञ्चप्रजापतिले शुरुको प्रार्थना र कार्यक्रम उद्घोषक पा.राजन परियारले अथिति लगायत सबैलाई स्वागत र आसन ग्रहण गराउनु भएको थियो । मञ्चमा आसीत कार्यक्रमका सभापति समयकुमार रम्तेल, प्रमुख अतिथि डा.बालकृष्ण शर्मा, विशेष अतिथि पा.रुवेन राना, पा.शान्ताराम सुनुवार, अतिथि पा.रामचन्द्र विसुन्के, श्याम मानन्धर, लेखक राजु रम्तेल, लेखकका पिता ठूलोभाइ रम्तेल र सम्पादक रोशन प्रजापतिलाई खदा वितरण गरिएको थियो । कलाकार रमिता विसुन्केले स्वागत नृत्य प्रस्तुत गर्नु भए लगतै आकाश विसुन्केले वाइबल पाठ गर्नुभएको थियो । साहित्यकार समयकुमार रम्तेलले यस पुस्तकका लेखकको परिचय र बायोग्राफि संक्षिप्त रूपमा प्रस्तुत गर्नुभएको थियो भने पुस्तक लोकार्पणको लागि पा.रुवेन रानाले प्रार्थना गरेपश्चात प्रमुख अतिथि रेभ.डा. बालकृष्ण शर्मा, विशेष अतिथि रेभ.पा.रुवेन राना र अतिथि श्री ठूलोभाइ रम्तेलले संयुक्त रूपमा राजु रम्तेलको नयाँ पुस्तक “उत्साह” विमोचन गर्नुभएको थियो । लेखकले पुस्तक लेख्नुको उद्देश्य, महत्व र भूमिकालाई रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो । यो व्यक्तिगत स्वअध्ययन र परामर्श तालिम पाठ्यक्रमको स्रोत सामग्रीको रूपमा समेत प्रयोग गर्न सकिनेछ । यो माऊ पुस्तक हो । यसमा १० वटा मुख्य पाठहरू रहेका छन् त्यो भविश्यका अन्य १० वटा पुस्तक बनाउने लक्ष्य रहेको छ । उत्साहको सेवामा यो पुस्तक प्रयोग गरिने जानकारी समेत गराउनु भएपछि पुस्तक लेखन, अध्ययन, छलफल, सम्पादन, सेटिङ्ग, प्रकाशन र वितरणको जिम्मा लिनुभएकोहरूलाई धन्यवाद दिनुभएको थियो । प्रमुख अतिथि डा.बालकृष्ण शर्माले आफ्नो मन्तव्यमा लेखकलाई बधाई दिनुको साथै पुस्तकको समालोचना पनि गर्नुभएको थियो । बाइबल हरेक बिषयको लागि स्रोत र आधार ग्रन्थ हो । ख्रीष्टियान दृष्टिकोणले इसाई समाज र गैर इसाई समाजलाई समेत टेवा पु¥याउने कृति प्रकाशनको खाँचो छ । प्रमाणित,अनुसन्धनात्मक र इतिहासका बिषयमा लेखिएका सामग्री पनि जरुरी छ । पुस्तक लेखन सम्वन्धी अध्ययन, रुची, ज्ञान र तालिम प्राप्त पश्चात लेखन शुरु गर्दा त्यसको अझ प्रभावकारी हुन्छ भन्ने महत्वपूर्ण भनाईहरू राख्नुभएको थियो । यसैगरी लेखकका भाइ संगितकार दिपक रम्तेलले लेखकका २ वटा गीत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी पुस्तकका सम्पादक रोशन प्रजापतिले सम्पादनको शिलशिलामा भएका तितामिठा अनुभव बताउदै शुभकामना दिनुभएको थियो । पा.रामचन्द्र विसुन्केले पुस्तकको समिक्षा गर्नुभएको थियो । जीवन भोगाईलाई समेटिएको, समुहमा छलफल र साथीभाइको पृष्ठपोषणको प्रक्रियाले निखारीएको पाएँ । किताबको शीर्षक र बिषयबस्तुले नै यो परामर्श सामग्री बन्न सक्छ । सन्दर्भ सामग्रीमा पुस्तक मात्रै नभएर विभिन्न वक्ताको प्रचारलाई समेत राख्नुले लेखकको इमान्दारीता अझ बलियो भएको छ । नयाँ पुस्तकले लेखकलाई पुरानो लेखकको दुःखको स्मरण र उहाँहरू प्रति सम्मान गर्न सिकाउँछ भनेर भन्नुभयो । त्यसै गरी श्याम मानन्धर,पा.शान्त कुमार सुनुवार र पा.रुवेन रानाले आ–आफ्ना तर्फबाट शुभकामना र मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा बिकास रम्तेलले सबैलाई धन्यवाद दिनुभयो । सभापतीले सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो स्वरुप उत्साह पुस्तक वितरण गर्नु भयो । पुस्तक वितरणको जिम्मा लिएको प्रयास मिडियाको रामकृष्ण परियारले हाम्रो कार्यालय, ख्रीष्टियन पुस्तक पसल र मण्डलीहरूमा विशेष छुटको साथ पुस्तक विक्रि हुने जानकारी गराउनु भए पश्चात खाजा र अन्तिम आशिषको प्रार्थना पा.केशब राना मगरले गरी पुस्तक विमोचन कार्यक्रम करिब १०० जना पाष्टर अगुवा र पाठकहरूको उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।
—समय कुमार रम्तेल

Related Articles

Back to top button