चर्चित गायिका अन्जु पन्त कार्यक्रम मेरिल्याण्डमा हुने

चर्चित गायिका अन्जु पन्त लगायतका कलाकारहरुले एक भब्य कार्यक्रम अमेरिकाको मेरिल्याण्डमा हुने जानकारी प्राप्त भएको छ । गोस्पल म्युजिक कन्टन्ट दिएको सो कार्यक्रममा रेभ. दानिएल सुब्वाले  वचनबाट उत्साहित पार्नुहुनेछ । बिशेष सांगीतिक कार्यक्रमको आयोजना हिमालयन बाप्तिष्ट चर्चले गरेको हो ।

कार्यक्रममा अन्जु पन्तका साथमा कलाकारहरु लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । सो कार्यक्रमको संयोजक रेभ. डा. पा. प्रकाश मेघी गुरुङ रहनु भएको छ

Related Articles

Back to top button