सपनाले पाईन माईती घर

मकवानपुरको ईन्द्रसरोवर गाउपालिकाबाट करिव दुई महिना अगि जीवन बचाऔं नेपालद्धारा अचेत अवस्थामा सपना राईलाई उद्धार गरिएको थियो । उद्दारपछी राम्रो उपचार र संरक्षण पाएपछि उनको अवस्था सामान्य भएको थियो । सो संस्थाले उनको घरपरिवारको खोजतलास गरि उनको ठेगाना पत्ता लगाएको थियो ।
सपनाको पतीले उनलाई छाडी अर्कोसंग बिवाह गरेको र उनलाई कुनै वास्ता नगरि छाडी दिएको साथै उनको सात बर्षे छोरा पनि लगेको जानकारी उनको दाजु नवीन राईले बताउनु भएको छ । नविन राई मानेभञ्ज्याङ गाउँ पालिकाका वडा सदस्य पनि हुन ।

 

सो संस्थाले उनको गाउँ ओखलढुगाको मानेभञ्ज्याङ गाउँ पालिकाकासम्म पु¥याएको छ । उनको माइतिले उनको जिम्मा लिएको जानकारी सो संस्थाका निर्देशक जीवन रायमाझीले जानकारी गराउनु भएको छ । साथै उनको परिवारले लापता भएकी सदस्य घरसम्म सकुशल उद्धार गरि ल्याइदिएकोमा सो संस्थाप्रति धन्यवादी भएका थिए ।

जीवन बचाऔं नेपालले आगामी दिनमा थप ससक्त र व्यापक रूपमा हिंसा पिडित महिला तथा बालबालिकाको उद्दार र पुनर्थापना कार्यलाई अगाडि वढाउँदै जाने जानकारी रायमाझीले बताउनु भएको छ ।

Related Articles

Back to top button