रोल्पामा बृहत आत्मिकि जागृति सम्मेलन सम्पन्न

स्तुति प्रशंसा चर्च सिमपानी रोल्पाको आयोजनामा दुई दिने आत्मिकि जागृति सम्मेलन यहि जेष्ठ २४ र २५ गते १९ चर्चहरूको सहभागितामा सफलताका साथ सम्पन्न भएको छ। उक्त दुई सम्मेलनको पुर्ब सन्ध्यामा स्तुति प्रशंसा चर्चको नव निर्मित भवनको उद्घाटन प्रशंसा चर्च लमही दाङका बरिष्ठ पाष्टर लिल बहादुर घर्तिले गर्नु भएको थियो भने आत्मिकि जागृति सम्मेलनका प्रमुख बक्ता रिबाइबल मिनिष्ट्ी नेपालका संस्थापक अगुवा डेभिड कैनी हुनुहुन्थ्यो । उहाँले पहिलो दिनको सेवामा लेबी ६:८-१३ बाट हाम्रो ह्दयको बेदीमा पबित्र आत्माको आगो जल्नु पर्छ भन्ने चुनौति पुर्ण शिक्षा दिनुभएको थियो। अन्तिम दिनको सेवामा बक्ता कैनीले यहुन्ना ११:१ -४४ बाट सिकाउनुभएको थियो। उक्त सम्मेलनमा पा.लिल बहादुर घर्तीले पनि वचनबाट उत्साहित गर्नु भएको थियो। सम्मेलनको अन्तिम चरणमा स्तुति प्रशंसा चर्च रोल्पाका पा.बेद मगरले दिने बिषयमा उत्साह दिदा करिब २५० जना जति सहभागि भएको सम्मेलनमा रू ३०,८०० भेटी उठेको थियो। धेरै जना सम्मेलनमा सहभागी भएकाहरूले चङ्गाई ,छुटकारा र अभिषेक पाएको गवाही दिएका थिए। उक्त सम्मेलन स्तुति प्रशंसा समपानीको अार्थिक ब्यबस्थापनमा भएको थियो।

Related Articles

Back to top button