२ दिने आत्मिक जागृति सम्मेलन

ललितपुरको एक क्याफेमा दृष्टिविहिनहरुको बीचमा २ दिने आत्मिक जागृति सम्मेलन सम्पन्न थियो । जेष्ठ २२ र २३ गते भएको सो कार्यक्रममा अपाङगता पाष्टर कोषविलास अधिकारीले आफ्नो जीवन गवाहीसहित परमेश्वरको वचनबाट उपस्थिति भएका दृष्टिविहिनहरुलाई उत्साहित बनाउनु भएको थियो । विकाश र उनकी पत्नीले परमेश्वरको वचनबाट सिकाउनु भएको थियो । कुनै हालतमा पनि परमेश्वरको कार्य दृष्टिविहिनी गर्नु पर्दछ, परमेश्वरको कार्य गर्न कुनै वहाना नभएको कुरामा जोड दिनुभएको थियो । सो कार्यक्रम पा. दिलिप थापा मगरले सकुशलपूर्वक संचालन गर्नुभएको थियो । दृष्टिविहिनहरुले आ–आफ्नो जीवन भोगाईसमेत बाड्नु भएको थियो । सोही आत्मिक सभालाई जीवन रायमाझी र विश्वास थापालेसमेत छोटो उत्साहपूर्वक परमेश्वरको वचन बाड्नु भएको थियो ।

दोस्रो दिन पाष्टर तथा लेखक लाजरस थुलुङले परमेश्वरको वचनबाट दृष्टिविहिनलाई उत्साहित बनाउनु भएको थियो । उहाँले बोलेको वचन यु टुवमा ःभचयनयम च्यानलमा हेर्न सक्नु हुन्छ । गायक एड्रिन देवानलाई आफ्नो गीतहरु लगायत चंगाईभन्दा परमेश्वरको योजना महत्वपूर्ण हो भन्ने विषयमा बाँडेर आशिष पु¥याउनु भएको थियो ।

नेपाल फोलोसिप फर हान्डिक्राफका अध्यक्ष राम मुखियाले पाहुनाहरुलाई माया चिनो र धन्यवाद दिनुभएको थियो । सो फोलोसिपले कार्यक्रमको आयोजना गरेका थियो भने सुन्दर ढोका मण्डलीले प्रायोजन गरेको थियो ।

Related Articles

Back to top button