विपी खनालद्धारा लेखिएको पुस्तकको विमोचन

आज ( जेष्ठ २९) गतेका दिन ११ औं पुस्तक लेखि सक्नुभएको लेखक विपी खनालद्धारा लेखिएको Freedom Of Religion or Belief नामक पुस्तकको विमोचन भएको छ । कुपन्डोलस्थित हिमालयन होटलमा भएको सो कार्यमा मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी लगायत विभिन्न धर्मका अगुवाहरुले एक साथ सो पुस्तकको विमोचन गर्नुभएको थियो ।

सो पुस्तकलाई आरएलएफएन र एनसिएस ले संयुक्तरुपमा प्रकाशनमा गरेका हुन् । आरएलएफएनका अध्यक्ष टंक सुवेदीले वर्तमान अवस्थामा नेपाली इसाईहरुले भोगेका घटनाको बारेमा चर्चापरिचर्चा गर्नुभएको थियो । विभिन्न धर्म अगुवा तथा बरिष्ठ व्यक्तित्वहरुले सो पुस्तकको बारेमा बोल्नु भएका थिए ।

Related Articles

Back to top button