नेपाल राष्ट्रिय मण्डली संगतिको प्रदेश नम्बर ३ सम्मेलन

जुन १३ । सानेपास्थित आराधना मण्डलीमा ३ दिने आत्मिक सम्मेलन सम्पन्न भएको छ । २०० भन्दा वढी सहभागिता रहेको सो सम्मेलनमा नेपाल राष्ट्रिय मण्डली संगतिको प्रदेश नम्बर ३ ले आयोजना रहेका थियो ।
मेरा प्रजा ज्ञानको कमीले नष्ट भएको छन् भन्ने शिर्षकमा मुख्ख वक्ता पा. सोनाम टि कावो र श्रीमती सिता कावोले यस विषयमा परमेश्वरको वचनबाट सिकाउनु भएको थियो । यस्तै पा. ज्ञान लामा, पा. टेक दाहाल, पा. विरबहादुर कार्की, पा. विरबहादुर तामाङ, पा. पदम पराजुली, पा. विश्वदेव खड्का साथै सो संस्थाका केन्द्रिय अध्यक्ष पा. हनोक तामाङले सोही शिर्षकमा रहेर परमेश्वरको वचन बाड्नु भएको थियो । अध्यक्ष पा. हनोक तामाङले ठूलो मुटु बोकेर एनसिएफ नेपाल हिडेको बताउनु भयो । ६ दशकको इतिहास बोकेको सो संस्थाले फरक प्रकारले कार्य गर्ने बताउनु भयो ।
प्रदेश ३ का अध्यक्ष पाष्टर तारासिंह गुरुङले कार्यक्रमको संयोजक गर्नुभएको थियो ।

Related Articles

Back to top button