लाजरस थुलुङको १९औं पुस्तक अनन्तको निम्ति लगानी लोकार्पण कार्यक्रम सम्पन्न

२०७५ असार २ गते । नेपाली ख्रीष्टियन समुदायका सुपरिचित लेखक पास्टर लाजरस थुलुङद्वारा लिखित १९ औं पुस्तक अनन्तका निम्ति लगानी नामक पुस्तकको लोकार्पण कार्यक्रम आज ज्योति ग्रेट कमिसन फेलोसिपको हलमा सम्पन्न भएको छ । सो पुस्तक लोकापर्ण कार्यक्रममा डा. महेन्द्र भट्टराई, पास्टर भिक्टोर मोक्तान, पास्टर चेत बहादुर खरेल, पास्टर जुनजुन, गायिका सलोमी तिमोथी र लेखककी दिदीको सामुहिक बाहुलीबाट लोकार्पण गरियो ।
पास्टर राजु सुन्दासले शुरुको प्रार्थना गरी शुरु भएको सो लोकापर्ण कार्यक्रममा पुस्तकका बारेमा डाक्टर महेन्द्र भट्टराई र हेटौंडाका रुवेन राईले हालै लोकापर्ण गरिएको पुस्तक अनन्तको निम्ति लगानीका बारेमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो भने लेखक पास्टर लाजरस थुलुङले यो पुस्तक लेख्न कसरी प्रेरणा प्राप्त गर्नु भयो भन्ने बारेमा प्रकाश पार्नु हुँदै आजको नेपाली मण्डलीलाई डोनर होइन तर दिने चेला निर्माण गर्नु पर्ने खाँचो औल्याउनुभयो ।
काठमाडौंको विभिन्न भागबाट आउनुभएका पास्टर तथा पुस्तक प्रेमीहरु सहभागीता रहेको सो कार्यक्रमको अन्तमा पास्टर जोन पुनार्लुले अन्तिम प्रार्थना गरी समापन गरिएको थियो भने कार्यक्रमको सञ्चालन असन राईले गर्नुभएको थियो ।

Related Articles

Back to top button