गोस्पेल म्यूजिक कन्सर्ट भव्यताका साथ सम्पन्न

१७÷जुन २०१८ का दिन हिमालयन व्याप्टिस्ट चर्च मेरिल्याण्ड अमेरिकाद्वारा आयोजित गोस्पेल म्यूजिक कन्सर्ट भव्यताकासाथ सम्पन्न भएको छ । चर्चका संस्थापक तथा पास्टर प्रकाश गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा यस कार्यक्रममा छिमेकी नेपाली चर्चका प्रतिनिधिहरुको पनि उपस्थिति र सहयोग रहेको थियो। नेपाली राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रम आयोजक गुरुङ सभापतित्व तथा स्वागत मन्तव्य पश्चात अन्य प्रस्तुतिहरु ऋगाडि बढेको थियो । लक्ष्मण र कल्पना पौडेलको गोसपेल लोक संगीतले उपस्थित स्रोताहरुलाई निकै नै मनोरञ्जन गराएको थियो भने लोकप्रिय गायिका अञ्जु पन्त कार्यक्रमको आकर्षण हुनुुहुन्थ्यो । साथै स्थानीय ब्यान्डले पनि आनो सांगीतिक प्रस्तुति दिएको थियो । नेपालबाट जानुभएको पाहुना वक्ता पास्टर दानियल सुब्बाले परमेश्वरको वचनबाट सुसमाचार प्रचार गर्नुभएको थियो ।
पास्टर प्रकाश गुरुङकाअनुसार हिमालयन व्याप्टिस्ट चर्चको मुख्य उद्देश्य नेपाली भाषीहरुलाई सहयोग र सेवा पु¥याउने, नेपाली ख्रीष्टियनहरुलाई आनो धर्मको अभ्यास गर्ने स्थान उपलब्ध गराउनु हो । यसका साथै विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको र यसैक्रममा २०१५ मा नेपालमा गएको महाभूकम्पपश्चात लमजुङको ताराचौकमा १८ लाख बराबरको राहतसमग्री वितरण गरिएको पास्टर गुरुङले डि.सी नेपालका सम्वाददातालाई बताउनुभयो ।

Related Articles

Back to top button