उत्तर मलेसियामा तीन दिनको सेमिनार सु-सम्पन्न

रोजगारीको शिलशिलमा मलेसियाको उत्तरिया भु-भागमा रहेका नेपाली ईसाईहरुको अात्मिक वृद्धि गराई एकअापसमा मिलाप , वास्ता र प्रेमको भावना ख्रिष्टले मण्डलिलाई गरे झै रहि रहोस भन्ने महान बिचार लिई उक्त सेमिनार अायोजना गरिएको हो।

मलायुहरुको नयाँ साल(हरि राया)मा सबै कम्पनीमा बिदा भएकाले सारा नेपाली ईसाईहरु फुर्सद हुने हुँदा सबैलाई समेटन सकिने भएकाले सेमिनारको महत्त्व निकै अर्थ पुर्ण र अाशिषमय हुने सेमिनार संयोजको लभ पेनाङ नेटवर्कको अाशा थियो।
प्रबासमा भएपनि हामी नेपालीहरुमा सदैब सहयोगी भावना ,एकता,प्रेम र वास्ता रहोस भन्ने हेतुले हरेक बर्षको मलायुको नयाँ बर्षहरुमा सेमिनार अायोजना गरिन्छ।

बिगतका बर्षहरुमा भन्दा यसपालिको सेमिनार बृहत र अाशिषमय बिधिबाट सम्पन्न भएको बताउनु हुन्छ बरिस्ठ पा.किशोर राना

यसपालिको सेमिनारको मुख्या शिर्षक “ख्रिष्ट तिमिहरुमा हुनु ,जो महिमाको अाशा हो-कलस्सि १:२७

मानव जाति परमेश्वरको प्रतिबिम्ब भएकाले हामिमा उहाँ हुनुहुन्छ ।हामिले उहाँको ईच्छा र योजनालाई पहिचान गरि उहाँको राज्य बिस्तारमा लागि रहनु मानवको लागि शौभाग्या हो।किनभने हामी उहाँकै हो उहाँकै निम्ति सेवा गर्नुपर्छ।

यसपालिको सेमिनारमा बीस मण्डलिहरु सहभागी भएको थियो जुन पहिलोपटक प्रबाशमा ईसाई मिलापमा ईतिहास नै बन्यो।

सेमिनारको पहिलो दिनको संचालक सेवक अनिल राईले गर्नु भएको थियो।तिनै दिनमा स्तुति प्रशंसामा सुकु तामाङ र अाराधना झुण्डको अगुवाईमा भएको थियो ।प्रबिधिक कक्षमा बिबस मगरले साहेता गर्नुभयो।

सेमिनारमा दुई सयभन्दा बढि बिस्बासिहरुको सहयोगी भएको थियो ।बिदेशी भुुुुमिमा यस्तो मिलाप देखेर नेपाली ईसाई समाजमा सुधारको शिक्षा हुने बिस्वास गर्नुहुन्छ।

यस सिमिनारमा स्थानीय बरिस्ठ पा.किशोर राना ,डा.पावल,जुलि मात्र नभई नेपालबाट सिमेनारको लागि पा.रबिन बोगटि साथमा परिवार,देबेन्द्र जोशि,प्रबाशि एकता संजालका संयोजक अनिल लामाको उपस्थिति र वचन सेवाकाईले सेमिनार अझ अाशिषमय तुल्याएको थियो।

सेमिनारमा बिस्वास र ब्यवसाय,तीन प्रकारका अगुवा सेवाकाई ,मण्डलि र परिवारको संतुलको,झुट शिक्षालाई कसरी चिन्ने ?नयाँ बिस्बासिहरुलाई कसरी अात्मिक वृद्धि गराउने बिषयमा केन्द्रित थियो।
जसबाट नेपाली ईसाईहरुलाई थप ताजा नयाँ शक्ति र अाशिष मिलेको बताउछन सहभागी बिस्वासिहरु……

यसरी बिदेशमै भएपनि अाफ्नै भाषामा शृष्टिकर्ताको अाराधना गर्न पाउनु हामी नेपालीको लागि बडा खुशिको कुरा हो।
नेपालको केहि ठाउँहरुमा जर्बजस्ति ईसाईकरण गरेको अारोप लगाउनेहरुलाई यो बिदेशमै नेपाली ईसाइहरुको मिलाप र एकताको अाशिषले भुकम्प नै जान सक्छ।

मानिसको लागि धन सम्पति महान होईन ।संसारको कुनैपनि थोकले अास्था किनमेल गर्न सकिँदैन।
जिवित येशुलाई चिन्नु र बिस्बास गर्नु संसार जित्नुु भन्दा ठुलो अाशिषको कुरा हो।

अन्तमा स्थानीय बरिस्ठ पा.किशोर राना ज्युले यस सेमिनारमा सहयोग गर्नुहुने नेपालीलाई धेेेेरै माया वास्ता ईम्मानुएल परिवार साथै पा.साईमन,लभ पेनाङ नेेेेटवर्कका सेवक बलराम गिरि ,रिभाईब टिमका सेवक राज मोक्तान साथै उत्तर मलेसियाको सबै बिस्बासिहरुलाई धन्यवाद दिदै तीन दिनको सेमिनारको समापनको प्रार्थना भएको थियो

“ख्रिष्ट तिमिहरुमा हुनु ,जो महिमाको अाशा हो”-कलस्सि १:२७

जयमसिह सम्पुर्ण सन्तहरुमा
तस्बिर :-अामोस फ्युबा तामाङ

Related Articles

Back to top button