प्रशंसा मण्डलीको सामाजिक सेवा

मकवानपुर जिल्लाको सुनाचुरी, राक्सीसाँग, सरिखेत तथा  डुम्रेका वाढि तथा भुकम्प पिडित परिकारका ८० जना विद्यार्थीहरुलाई प्रशंसा मण्डलीले राहतस्वरुप स्कूल व्याग तथा स्टेसनरी वितरण गरेको छ । चेपाङ्गजातिको वाहुल्यता भएको यस क्षेत्रका विद्यार्थीहरुले नेपाल सरकारबाट निशुःल्क शिक्षा पाएतापनि अन्य सामाग्रीहरु नपाउँदा आर्थिक समस्याका कारण विचमै स्कूल छाडने परमम्परालाई तोडन केहीहदसम्म यस कार्यले सहयोग पुग्ने विद्यार्थीहरुका अभिभावकहरुले वताएका छन । साथै आफनो आर्थिक भारमा थोरै भएपनि सहयोग पुगेको र विद्यार्थीहरुमा पनि उत्साह थपिएको जानकारी गराए ।

गतवर्षको वाढिले तथा भुकम्पले भत्काएका घरहरु निमार्णगर्न तथा घरको निम्ति छाना छाउन यस मण्डलीले विभिन्न व्यक्तिको सहयोगमा २६ घरलाई आवस्यकपर्ने  जस्तापाता छाना उपलब्ध गराएको थियो । यसले हरेक वर्ष सामाजिक सेवा अन्तरगत स्वास्थ्य शिक्षा, छात्रवृति, सरसफाई,रक्तदान तथा अन्य राहत सामाग्री आवस्यकताअनुसार उपलब्ध गराउँदै आएको छ र यसक्रमलाई निरन्तरता दिईने यसका संयोजक श्री विजय मानन्धरले जानकारी दिनुभयो ।

Related Articles

Back to top button