तिम्रो गोख्रे खबर कागत् र तिमीलाई आज धेरै सम्झेको छु ।

– हरि जिज्ञासु महान काम गरेका तर ओझेलमा परेका तिमी पादरी गंगाप्रसाद प्रधानको ४ जुलाइ १८५१ मा काठमाण्डौंको ठमेल स्थित ठहिंटी टोलमा कान्छो छोरोको रुपमा जन्म भएको हो भन्ने कुरा पढेको छु र सुनेको छु । देशमा राणाहरुको शासन प्रणालीमा बाँचेका तिमी र तिम्रो परिवार संधै राणाहरुले गरेको अत्यचार सहेर बसेका थियौ । राणहरुको अत्याचार सहन नसकी तिम्रो दाजु प्रभुनारायणले नेपाल छोडेर दार्जिलिङ बसाई सरे । तिम्री आमा राजमति प्रधानको मृत्यु भएपछि तिम्रो जीवन केहि कष्टकर बन्यो । तिम्रो पारिवारिक अवस्था कमजोर भएपछि तिम्रो दाजु प्रभनारायणले तिम्रो परिवारलाई दार्जिलिङ आउन भनि खबर पठाएपछि तिमी करिब साडे नौ वर्षको उमेरमा दार्जिङ गयौ । पढेर असल मान्छे बन्ने, जागिर खाने र पैँसा कमाउने सपना र सोच तिम्रो दिमागमा कहिल्यै आएन । आओस् पनि कसरी ? तिमीलाई तिम्रो परिवारको नाजुकपनले संधै पिरोलिरहन्थ्यो । सायद पारिवारिक अवस्था कमजोर भएकोले होला तिमी कापि र कलम बोकेर स्कुल जाने समयमा डोको र हाँसिया बोकि चिया बारीमा गयौ । चिया बारीमै रमायौँ । चियाका पत्ताहरुसँग तिमीले मितेरी गाँस्यौँ । तिमीले वेदनाका खुट्किलाहरु विस्तारै पार गर्दै गर्दा तिम्रा वुवा रुपनारायणले कान्छी आमा भित्रियाय । अनि तिमीले थप कान्छी आमाले दिएको पिडा डोकोमा बोकि कहिले चिया बारीमा लिन्थ्यौ । त कहिले आँसुले बगाउँथ्यौं । सायद तिमीलाई परमेश्वरले तिम्रो आमाको गर्वमा हुनुभन्दा पहिले नै नेपालको ख्रीष्टियन इतिहास रच्न भनेर सृष्टि गर्नभएको हो जस्तो लाग्यो । तिमी कलिलो उमेरमा चियाबारीमा काम गरेर करिब १९ वर्षको उमेरमा स्कुल गयौ । उमेरले पाको र बहुआयमिक अर्थात अनुभवी भएकाले तिमी पढ्ने स्कुलमा कहिलेकाहिँ तिमीलाई पढाउने शिक्षक बाहिर गएको बेला तिमी करिब ८÷९ महिना पढेपछि शिक्षक भइहाल्यौ । तिमी त्यतिखेर नै आफू पढ्दै र पढाउँदै गरेर करिब ४ वर्षसम्म शिक्षक बन्यौँ । त्यहि समयमा तिमीले सुसमाचार सुनेर प्रभलाई विश्वास गर्यौँ । त्यतिखेर तिमीलाई संसारका सबै कुरा हात पारेर अनन्त जीवन हात पार्न सकिएन भने के लाभ भन्ने बाइबलको बचनले मोहित पार्यो । त्यतिखेर येशूलाई विश्वास गर्नु भनेको फलामको चिउरा चपाए जस्तै थियो । जव तिमीले परमेश्वरको बोलावटलाई बुज्यौँ र नेपाली दाजुभाईहरुको मुहारमा येशू ख्रीष्टिको प्रेम झल्किरहेको देख्यौँ । अनि लाग्यौँ परमेश्वरको बोलाएर गर्न लगाएको काममा निरन्तर । तिम्रो मुख्य योजना त्यतिखेर नेपाली दाजुभाईहरुलाई ख्रीष्ट चिनाउँनु थियो । त्यहि उद्देश्यले हिड्यौँ । नेपाली भाषको विकासमा लाग्यौं । नेपालीहरुले प्रभुको बचन सजिलै आफ्नो भाषामा पढ्न र बुझ्न सकुन भनेर पहिलो कुरा नेपाली भाषामा बाईबल अनुवाद गर्न सुरु गर्यौँ । र तिम्रो योजना सफल भयो । अर्को महान काम सुसमाचारको लागि भनेर आफ्नै प्रेस खरिद गरी अहिलेको गोख्रापत्र राष्ट्रिय दैनिक स्थापना हुनुभन्दा ४ महिना अगाडि सुसमाचार प्रचारकै लागि भनेर गोख्रे खबर कागत् नामको मासिक पत्रिका प्रकाशन गरेर नेपालीहरुलाई थप जनचेनामुलक र प्रभुको सुसमाचार सुनाउँने काम गर्यौँ । तिम्रो यो महान अभियान र महान कामलाई आज पनि सम्झिरहेको छु । तिमीले नेपाली भाषा र साहित्यमा यति ठूलो योगदान पु¥यायौँ तर तिमी नेपाली इतिहासमा संधै ओझेलमा परिरहयौँ । आदि कवि भानुभक्त र मोतिराम भट्ट जस्ता कविहरु तिम्रा साथीहरु थिए । उनीहरुको नाम हामीले पढ्ने कितावमा पढ्दा कहिलेकाहिँ तिमीलाइ सम्झन्छु र प्रश्न गर्छु । “तिमी किन इतिहासमा कैद भयौन् ?” एक पटक मन मनै सोच्छु “तिम्रो इतिहास स्वर्गमा रचिएको छ ।” परमेश्वरले तिमीलाई ठूलो इनाम दिनुभएको छ । तिमी अहिले पादरी गंगाप्रसाद प्रधानको नामले चिनिएका छौँ । तिम्रो योगदान नेपाली ख्रीष्टियन समुदायको लागि अतुलनिय छ । त्यसैले भोलि मनाइने तिम्रो १६७ औँ स्मृति दिवशको अवरमा तिमीलाइ सम्झन्छु र तिम्रो महान योगदान प्रति अति आभारी छु । तिमीले रचेजस्तै इतिहास अब नेपालका पास्टरहरु, पत्रकारहरु,र मिशनरीहरुले रच्नुपर्नेछ । र हरेक नेपालीले तिम्रो सम्मान गर्नुपर्नेछ । तिम्रो योगदानलाई भुल्नेहरुले इतिहास रच्ने प्रयास गर्दैनन् जसले तिम्रो इतिहास बुज्ने गर्छ त्यसले महान इतिहास रच्ने प्रयास गर्नेछ । त्यसैले म तिमीले नेपाली इसाई पत्रकारितामा पु¥याएको योगदाको गदर गर्दै तिमीलाई सम्झी रहेको छु । तिम्रो १६७ औँ स्मृति दिवश असलसाथ सम्पन्न होस् । शुभकामना ।

Related Articles

Back to top button