नयाँ सृष्टि इसाई चलचित्र प्रिमियर सो

८ जुलाई, २०१८

अजयकुमार सिन्तानले निर्माण गर्नुभएको नेपाली इसाई चलचित्र नयाँ सृष्टिको ८ जुलाई, २०१८ शनिबारका दिन ललितपुरस्थित स्तुति प्रशंसा चर्चमा एक कार्यक्रमको आयोजना गरी प्रथम प्रदर्शन सम्पन्न भएको छ । रिमिनेट मिडिया क्रियसनको प्रस्तुति रहेको सो चलचित्रको निर्देशक जिमी किरात राई हुनुहुन्छ भने रोशन सेवक, अजयकुमार सिन्तान, कुमार अब्राहम, हीरा बोलन, सृष्टि सुनार आदिको भुमिका रहेको छ ।

उक्त प्रथम प्रदर्शन कार्यक्रममा इसाई क्षेत्रका चचित गायक पा.ज्योतिकुमार सुनुवारलाई रिमिनेट मिडिया क्रियसनले सम्मान समेत गरेको छ । गीत र संगीतको माध्यमबाट नेपाली इसाई क्षेत्रमा उहाँले पु-याउनुभएको योगदानको कदरस्वरुप सो सम्मान गरिएको हो । सम्मानित गायकले सो सम्मान गरेकोेमा क्रियसनका टिम तथा परमेश्वरप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा उहाँले आफ्ना प्रसिद्ध गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।

यसका साथै चलचित्रका कलाकारलगायत विभिन्न क्षेत्रमा सहयोग गर्नेलाई सम्मानस्वरुप प्रेमको चिनो प्रदान गरिएको थियो । चलचित्र प्रदर्शनपछि दर्शकहरूले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

Related Articles

Back to top button