जीवन बचाऔं नेपालले निरमायालाई लगायो अभिभावकको जिम्मा

जेष्ठ ६ गते मंगलबजारबाट उद्धार गरिएकी निरमाया मोक्तानलाई उपचारपछि जीवन बचाऔं नेपालले अभिभावकलाई जिम्मा लगाएको छ । सो संस्थाले नेपाल प्रहरीको सहयोगमा मंगलबजारबाट राती ९ः३० बजे उद्धार गरेको थियो ।

तत्काल उनलाई पाटन अस्पतालमा भर्ना गरि उपचार शुरु गरिएकोमा । उनको मानसिक रोग देखिएपछि मानसिक अस्पताल लगनखेलमा भर्ना गरिएको थियो । उनलाई २२ दिनसम्म उपचार गराएको जानकारी सो संस्थाका राष्ट्रिय निर्देशक जीवन रायमाझीले बताउनु भयो । सो संस्थाले उनको परिवारबारे खोजतलास गरि उनको आमा पता लगाएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि डाक्टरको परामर्शमा उनकै अभिभावकको निग्रानीमा नियमित औषधी सेवन साथै हेरविचार गर्दा हुने अवस्था बनेकाले उनको आमाको जिम्मा दिइएको छ ।
उनी आमा नानीमायासँग बस्ने छिन् भने थप फलोअफको लागी
सकेको सहयोग गर्ने निर्देशक रायमाझी बताउनु भयो । यस संस्थाले यस अघि पनि महिला तथा बालबालिकाको उद्धार र संरक्षण साथै पुनस्र्थापनको काम सक्रिय रुपमा गर्दै आइरहेको छ ।

Related Articles

Back to top button