डि १२ तालिम सकिएसँगै दीक्षान्त समारोह सम्पन्न

२०७५ भाद्र २ गते, काठमाडौं । काठमाडौंको जोरपाटीस्थित होसन्ना चर्चले आयोजना गरेको बाह्र दिने चेलापन बाइबल तालिमको दीक्षान्त समारोह आज समापन भएको छ ।

यसपालीको तालिममा सहभागी २३ जना दीक्षान्तित विद्याथीहरूलाई त्यस समारोहका प्रमुख अथिति सलोमी तिमोथीले प्रमाण पत्र प्रदान गर्नुभयो । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा दीक्षान्तित विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै सबैको जीवनमा परमेश्वरको सुन्दर योजना छ, तसर्थ हामी सबैले परमेश्वरलाई र आफ्नो छिमेकीलाई प्रेम गर्दै आफ्नो जिउँदो साक्षी मानिसहरूलाई दिनुपर्ने कुरामा जोड दिनु भयो । उहाँले दीक्षान्तित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना पनि दिनुभयो । त्यस दीक्षान्त समारोहमा पास्टर तथा अधिवक्ता बुद्ध घिसिङले परमेश्वरको वचनबाट दीक्षान्तित विद्यार्थीहरूलाई उत्साह प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा सहभागी विभिन्न पास्टर तथा अगुवाहरूले समपर्णको प्रार्थना गरिदिनुभएको थियो, जुन समपर्णको प्रार्थनाको अगुवाई पास्टर सागर बैजुले गर्नुभएको थियो ।

 

सुसन वादीले सञ्चालन गर्नुभएको सो दीक्षान्त समारोहको कार्यक्रममा अगुवा रमेश सेञ्चुरीले शुरुको प्रार्थनामा अगुवाई गर्नुभएको थियो भने दीक्षान्त समारोहमा सहभागी प्रमुख अतिथि, अन्य अतिथि लगायत सबैलाई स्वागत अगुवा कमला श्रेष्ठले गर्नुभएको थियो । सुजिता बराल र दिलिप पुरीले आफ्नो आशिषमय गवाही बाँड्नु भएको सो कार्यक्रममा सुस्मा स्याङ्गतानले आराधनामा अगुवाई गर्नुभएको थियो भने सालैजू शीर्षकको गीतमा सरिता र संगीताले आर्कषक नृत्य पस्कनुभएको थियो ।

 

सो दीक्षान्त समारोहको अन्तमा होसन्ना चर्च सेवकाई नेपालका निर्देशक पास्टर राजु सुन्दासले सहभागी सबै पास्टर तथा अगुवालाई तथा यस तालिममा आर्थिक लगायतका विभिन्न सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद प्रदान गर्नुभयो । धन्यवादको मन्तब्य राख्ने क्रममा यो डि १२ तालिम सुसमाचार, चेलापन र मण्डली बृद्धिका लागि कोशेढुंगा सावित भएको बताउनुभयो । कार्यक्रममा बाह्र दिने यस तालिममा बाह्र विद्यार्थी हुनु पर्नेमा यस वर्ष क्भ्भ् विद्यार्थीहरू यस तालिममा सहभागी भएका कारण २३ जना विद्यार्थी भएको स्पष्ट पारिएको थियो भने बाह्र शिक्षक हुनुपर्नेमा ११ जना शिक्षक हुनुभएको र सो तालिम समापन गर्नका लागि आर्थिक सहयोग प्रदान गर्ने २५ जना व्यक्तिहरू हुनुभएको बताइएको थियो । दीक्षान्तित विद्याथीसँगै शिक्षक, आर्थिक सहयोग गर्ने र अन्य तरिकाले सहयोग पु¥याउने सबैलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा पास्टर राम देवकोटाले अन्तिम प्रार्थना गर्नुभए पश्चात् कार्यक्रम समापन भएको थियो ।

 

यसै सेरोफेरोमा रहेर पास्टर राजु सुन्दाससँग गरिएको छोटो कुराकानीः

यो डि १२ भनेको के हो ?

डि १२ भनेको १२ जना चेलाको अवधारणालाई पछ्याउने बाइबलीय तालिम हो ।

डि १२ तालिम किन शुरु गर्नुभयो ?

येशू ख्रीष्टले डि १२ चेलापनबाट संसारलाई उथलपुथल पार्नुभयो र अहिले पनि सुसमाचारलाई बुलन्द बनाउनका लागि बाइबलीय सर्वोत्कृष्ट नमूना यहि मात्र हो । यसलाई नै आधारमानी नवौं डि १२ तालिम समापन गर्न सकेका हौं ।

डि १२ को महत्व किन छ ?

डि १२ को महत्व किन छ भने येशू ख्रीष्टलाई यसको गम्भिरता भएर नै येशू ख्रीष्टले उहाँको अत्यन्तै महत्वपूर्ण समय तीन वर्ष लगाएर चेला निर्माण गर्ने काम गर्नुभयो । त्यो भन्दा बढी बयान बुझ्नका लागि कि त बाइबल अध्ययन गर्नुपर्छ या त स्वर्ग नै जानुपर्छ ।

डि १२ तालिम किन होसन्ना चर्चमा मात्र छ ?

डि १२ तालिम होसन्ना चर्च समुहभित्र मात्र छ किनभने हाम्रो दर्शन नै येशूलाई चिन, चिनाऔं र चेला बनाऔं भन्ने हो । यो दर्शनलाई पूरा गर्नु भनेको नै डि १२ तालिम अन्तिम विकल्प हो । यो होसन्ना चर्च समुहमा मात्र सिमित हुनुको मुख्य कारण यसको सम्पूर्ण खर्च मण्डलीले नै स्थानीय स्तरको श्रोतबाट परिपूर्ति गर्नुपर्दछ । यदि कसैले यो तालिम लिन वा राख्न चाहेमा स्थानीय स्तरबाट नै श्रोत तथा साधन प्रयोग गर्नु पर्ने हुन्छ

https://youtu.be/UYCPQgHtMfc

Related Articles

Back to top button