येशु ख्रीष्टको बाह्र वर्ष र तीस वर्षको बिचको समय…

प्रभु येशु‌ ख्रीष्टको जीवनको १२ वर्ष देखि ३० वर्षको बिचको समयलाई बाइबलमा लेखिएको छैन भनेर यसलाई केहि बिरोद्धीहरुले बिवादष्पद (controversy) बिषय बनाएका छन्। यसलाई “येशुको १२ वर्ष र ३० वर्षको बिचको रहष्य” भन्ने बिषयमा किताब सम्म लेखिएको छ.. तिनी त्यस समयमा भारत देशमा आएर साधु-सन्तहरु संग शिक्षा लिए यसकारण उनले दिएको शिक्षा पनि हिन्दु शास्त्र संग मेल खान्छ भन्ने आरोप लगाएका छन् अनि तिनको चिहान पनि काश्मिरमा‌ छ भन्ने आधारहिन कुराहरु लेखेर मानिसहरुलाई भ्रमित बनाएको छ तर प्रभु येशुको त्यस समयको बिषयलाई बुझ्नु हो भने हामीले बाइबलमा यहुदि जातिलाई‌ परमेश्वरले दिनुभएको ब्यवस्था, जीवन शैली, संकृति र परम्परालाई ‌पनि अध्यन गर्नु पर्छ। बाइबलमा सबैकुरा लेखिएको छैन तर सिधान्तहरु (principles) दिएको छ जसको आधारमा बाइबल स्पस्ट संग बताउँदछ येशुको त्यस समयको बिषयमा।
यहदि जातिहरुमा ब्यवस्था अनुसार पुरुषहरुको बाह्र वर्ष र तीस वर्षको उमेर अति महत्वपूर्ण हुन्छ, किनभने तिनीहरु बाह्र वर्षको उमेरमा व्यवस्थाको पुत्र हुन्छन् अनि त्यस उमेर देखि उत्ता तिनीहरु पुरुषको गन्तीमा आउछन् भने तीस वर्ष को उमेर नपुगे सम्म एउटा यहुदि पुरुषले परमेश्वरको सेवा गर्नु र सभाघर (Saynagogue) मा व्यवस्थाको पुस्तकबाट पढ्नु पाइन्दैन थियो। (गन्ती ४:३)
यसकारण प्रभु येशुले पनि त्यस समय सम्म‌ पर्खिनु भयो। (लुका ३:२३)
किनभने उहाँले जे गर्नुभयो त्यो व्यवस्था अनुसार गर्नुभयो।
येशु आफ्नो घरनामा‌ जेठा छोरा थिए तर यहुदि व्यवस्था अनुसार (पहिला‌ जन्मिएको हरेक थोक) जेठालाई मन्दिरमा अर्पण गर्नुपर्थ्यो। (गन्ती १३:१-२)
तर घरमा जेठाको अवश्यकता परे मन्दिरको नियमको तिरो तिरेर घरमा फर्काउन सकिन्थ्यो। (गन्ती १३:१३)।
यसरी उकासेेर ल्याएको ब्यक्तिलाई यहुदि परम्परा अनुसार बाबुको काम सिक्नु पर्ने हुन्छ। येशुको बाबु योसूफ सिकर्मी (carpenter) थिए (मत्ती१३:५५) यसकारण उनले येशुलाई‌ आफनो काम सिकाए।

येशु एक सिकर्मी भएको कारणले तिनको बिषयमा चर्चा गर्दा उनको काम संग जोडेर “के यिनी त्यही सिकर्मी होइनन् र ?” भनेका छन् (मर्कूस ६:३)। यसकारण यो कुरा स्पस्ट हुन्छ कि प्रभु येशु ख्रीष्ट आफ्नो जीवनको बाह्र र‌ तीस वर्ष उमेरको बिचमा कहिले पनि भारत मा आउनु भएन तर घरमा नै बसेर बाबु संग सिकर्मी काम सिकेर आफ्नो परिवारको अभिभार उठाउनु भयो। यदि भारतको काश्मिरमा येशुको चिहान छ भने त्यो कुनै पनि येशुको हुनु सक्छ जो इस्राएलबाट आए होला जसको निम्ति हामीलाई कुनै मतलब छैन।
त्यो येशु, हामीले विश्वास गरेको येशु ख्रीष्ट चाहि कदापि होइन किनभने यहुदि समाजमा येशु नाउँ एउटा प्रचलित र कसैले पनि राख्नु सक्ने नाउँ थियो। बाइबलमा यहोशू, योशूफ, येशुुवा आदि नाउँहरुको प्राय एउटै अर्थ हुन्छ “उद्धारकर्ता” (savior or the Lord saves) यसकारण बाइबलमा एकजना मात्र येशुको नाँउ लेखिएको छैेन तर अरु पनि थुप्रै येशुको नाँउ छन् (२कोरिन्थी११:४, कलस्सी ४:११) तर हामीले विश्वास गरेको येशु चाहि “ख्रीष्ट” हुनुहुन्छ।(मत्ती २७:१७)। ख्रीष्टको अर्थ ग्रिक भाषामा “अभिषेक गरिएको” (anointed or chosen one) अनि हिब्रुमा “मसिहा” (Messiah) भन्ने हुन्छ। (मत्ती १६:१३-२०, युहन्ना १:४०-४२, प्रेरित ३:१७, १यहन्ना ५:१)
उहाको नाँउ सगं “ख्रीष्ट” जोडिए पछि अरु कुनै पनि येशु नाँउ संग त्यो नाँउको तुलना गर्नु सकिन्दैन। प्रभु येशु ख्रीष्ट हाम्रो पापको निम्ति क्रुसमा बलिदान हुनको निम्ति परमेश्वर दुवरा अभिषेक गरिएको निष्कलंक थुमा हुनुहुन्छ उहाले आफ्नो बोलावट अनुसार परमेश्वरको उदेश्यलाई पुरा गर्नुलाई कलभरी डाँढामा क्रुशमा हाम्रो पापको निम्ति मर्नुभयो तर भारतको काश्मिरमा होइन यसकारण हामी भ्रममा नपरौं
परमेश्वरलाई‌ महिमा होस।
आमिन
बिमल छेत्री
शिलिगुडी

Related Articles

Back to top button