ख्रीष्टमसको सार्वजनिक विदाको लागि ध्यानकर्षण पत्र राष्ट्रिय मानव अधिकार आयोगलाई बुझायो

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको एक टोलीले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप राज शर्मालाई ध्यानकर्षण पत्र बुझाएको छ ।

सो महासंघका अध्यक्ष सिवी गहतराजले आयोगले प्रधान मन्त्री कार्यालयलाई चिठी मात्र लेखेर नहुने बताउनु भयो । १० वर्षदेखि खाइपाई आएको ख्रीष्टमसको सार्वजनिक विदालाई काटेर ख्रीष्टियन मात्र दिने निर्णयले अन्याय गरेको बताउनु भयो । आयोगका अध्यक्षले महत्वपूर्ण भुमिका खेल्नको लागि महासंघले आग्रह गरेको छ ।

आयोगका अध्यक्ष शर्माले ख्रीष्टियनको मात्र होइन अरु धर्मको पनि विदा काटिएको बताउदै आफू र आयोगले रचनात्मक भूमिका खेल्ने कुरामा जोड् दिनुभएको थियो । ख्रीष्टमस अन्तराष्ट्रिय चाड भएकोले सार्वजनिक विदा दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । सरकारसँग ३ बुद्धे र ६ बुद्धे सम्झौता गरेकोले यसमा टेकेर सरकारलाई दबाव दिनु पर्नेमा जोड दिनु भएको छ ।
पछिल्लो ख्रीष्टिमसमा सरकारले अन्तिम समयमा पटके विदा दिदै आइरहेको छ ।

Related Articles

One Comment

Back to top button