एन.सी.एफ.नेपालको शुभकामना कार्यक्रम सम्पन्न 

ललिलतपुर,मंसिर २७, एन.सी.एफ.नेपालको आयोजनामा कुसुन्ती स्थित संस्थाको आफ्नै कार्यालयमा ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमम विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरू लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । एन.सी.एफ. नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङज्युले सहभागीहरूलाई स्वागतगर्दै शुभकामनाको साथ संस्थाको भावी कार्यदिशाको बारेमा बताउनु भएको थियो । त्यस्तैगरि क्वाइनोनिया मण्डलीका बरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यूले ख्रीष्टमस सन्देश बाड्नु भएको थियो भने पा. एजी.एन.को तर्फबाट पा मुकुन्द शर्मा, एन.सी.एस.को तर्फबाट पा. टंक सुवुदी, नमुना समुदायको तर्फबाट पा. शामुएल सोदेम्बा लगायत पास्टर गणेश श्रेष्ठ डा. तिर्था थापा, डा. महेन्द्र भट्टराइ र पुर्वक्षेत्रको प्रतिनिध्त्वि गर्दै पास्टर हिमालराईज्यूले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई महासचिव रेभ. शेर ए.सीज्यूले कुशलता पूर्वक सञ्चालन गर्नुभएको थियो भने अन्त्यमा केन्द्रीय सचिव पा. वीरबहादुर तामाङज्यूले सहभागीहरूलाई धन्यवादज्ञापन गर्नुभएको थियो । र डा. कर्णबहादुर तामाङज्यूले अन्तिमा प्रार्थना गर्नुभएपछि कार्यक्रम समापन गरिएको थियो ।

Related Articles

Back to top button