ख्रीष्ट जन्मोत्सव कार्यक्रम सम्पन्न

पुस २, २०७५, ललितपुर । ललितपुरको कुमारीपाटी स्थित क्वाइनोनिया पाटन चर्चको हलमा काठमाडाैँ उपत्यकाका चर्चहरूको संयुक्त ख्रीष्टमस शुभ कामना अादानप्रदान कार्यक्रम  सम्पन्न भएको छ । ख्रीष्टमसको पूर्वसन्ध्यामा आयोजित  कार्यक्रममा  मुख्य सम्प्रदायहरूका अगुवा प्रतिनिधिका साथै पास्टर लिडरहरूको सहभागिता थियो ।

पास्टर पदमनाथ पराजुलीले सुरूको प्रार्थना गर्नुभएको थियो भने संक्षिप्त र अत्यन्तै प्रभावकारी प्रवचन एजीएनका पास्टर दिलिप क्षेत्रीले दिनुभएको थियो ।

गायक राजेश राईले ख्रीष्टमस सम्बन्धी मिठो गीत प्रस्तुत गर्नुभएको थियो भने बाल कलाकार युनिशाले पनि ख्रीष्टमस तथा क्यारोल सम्बन्धी गीतमा अाकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस कार्यक्रममा पाटन क्वाइनोनिया चर्चका क्वायर झुण्डले सुरुमा ख्रीष्टमस गीत प्रस्तुत गरेको थियो भने आराधनामा पनि अगुवाई गरेको थियो ।

अध्यक्ष पा. हनोक तामाङ, एनसिएसका अध्यक्ष पा. बर्णबास श्रेष्ठ, अाशिष चर्चका पा. सुन्दर थापा, नमूना ख्रीष्टियन समाजका तर्फबाट पा. शामुएल सोदेम्बा, नेपाल ब्याप्टिस्ट काउन्सिलका तर्फबाट पा. विजय थापा, क्वाइनोनिया चर्चका तर्फबाट पा. प्रकाश सुब्बा, काठमाडाैँ ख्रीष्टियन समाजका तर्फबाट पा. रविन वैद्य, भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष अशोक प्रधान लगायतले मन्तब्य राख्नु भएको थियो । मन्तव्य राख्ने क्रम सकिएपछि एनसिएसकै सचिव तथा एजिएनका पा. मुकुन्द शर्माले धन्यवाद दिनुभएपछि पा. तुला सिं राईको अन्तिम अाशिषको प्रार्थनाबाट कार्यक्रम समापन भएको थियो ।

Related Articles

Back to top button