भोली ख्रीष्टियन महासंघले मोटरसाइकल -याली गर्दै

ख्रीष्टमसको अवसर पारेर भोली राष्ट्रिय ख्रीष्टियन महासंघले मोटरसाइकल -याली गर्ने भएको छ ।
भोली आइतबार पौष ८ गतेका दिन विहान ७ः३० बजे काठमाडौंस्थित बिजुली बजारबाट यो -याली शुरु हुने छ भने काठमाडौं विभिन्न स्थानहरुलाई परिक्रमा गर्नेछ । सो ¥याली ख्रीष्टमसको विभिन्न संदेशहरु संचार गर्नेछ । -याली माइतिघर, थापाथली, त्रिपुरेश्वर, नाराणहिटी दरबार पछाडि हुँदै भृकुटीमण्डपसम्म पुग्नेछ । महासंघले सबै मण्डलीका पाष्टरहरु, अगुवाहरु, जवानहरु, दिदीबहिनी तथा अन्य विश्वासी दाभुभाई तथा दिदीबहिनीहरुलाई मोटरसाइकल सहित सहभागी हुनका आवहान गरेको छ ।
वितेका कयौं वर्षदेखि निरन्तररुपमा महासंघले काठमाडौंमा विभिन्न ठाउँहरुबाट ¥याली निकाल्दै आइरहेको छ ।

 

Related Articles

Back to top button