राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त

१० पुस, काठमाडौं । क्रिसमसडेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

सन्देश संचार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी भनेकी छन्, ‘इसाई धर्मावलम्बीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नहत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’,
प्रधानमन्त्री ओलीले क्रिसमसडेको शुभकामना दिनुभएका छन् ।
क्रिसमसडेका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको सन्देशमा उल्लेख गरेका छन् ।

ओली सरकारले यस वर्ष क्रिष्टियनहरु मात्र विदा दिएको छ । पछिल्ला वर्षहरुमा दिदै गरेको सार्वजनिक विदा कटाएको छ । आज विश्वभरिका इसाई तथा गैर इसाईहरुले क्रिष्टमस मनाइरहका छन् ।

Related Articles

Back to top button