भव्य ख्रीष्टमस २०७५ शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

आज नेपाल लगायत विश्व भरीका इसाई समुदायले येशूको जन्मोत्सव मनाएका छन् । नेपाली इसाईहरु पनि आफ्नो चर्च, पार्टी प्यालेस तथा खुल्ला ठाउँमा ख्रीष्टमस मनाएको खबर प्राप्त भएको छ ।
त्यसै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय अनुपराज शर्माज्यूको प्रमुख आतिथ्यमा ख्रीष्टमस २०७५ को अवसरमा आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले भव्य ख्रीष्टमस शुभकामना आदन प्रदान कार्यक्रम राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सम्पन्न गर्यो ।


सो कार्यक्रममा राष्ट्रिय टिभीमा लाइफ पनि दिइएको थियो । सह–महासचिव उद्धव चिमोरियाले कार्यक्रम संचालन गर्नुभएको थियो । क्वायर ग्रुपहरुले विभिन्न ख्रीष्टमसका गीत लगायत अरु विभिन्न गीतहरु गाउनु भएको थियो ।
विभिन्न धर्मका अगुवाहरुलाई बोलाएको थियो । उनीहरुले ख्रीष्टमसको विदा नदिएकोमा रुष्ट हुनुभएका थिए । उहाँको भनाई सुन्नको लागि युटुवमा वचन टिभी टाइप गरि हेर्न सक्नुहुन्छ ।
रेभ.डा.डम्बर अधिकारीले परमेश्वरको वचनबाट ख्रीष्टमसको सन्देश बाँड्नु भएको थियो ।
सभापति गर्नुभएको महासंघका अध्यक्ष सिवी गहतराजले विदा नदिएकोमा नेपाल सरकारलाई धन्वाद दिनुभएको थियो साथै यो देशमा आँसुका साथ नेपाली इसाईहरु कार्य गरिरहेको भन्दै सरकारलाई सम्झाउनु भयो ।

सो कार्यक्रमको अन्तिम प्रार्थना पूर्व अध्यक्ष सुन्दर थापाले गर्नुभएको थियो ।

 

Related Articles

Back to top button