प्रोमिस अनलाइन टिभीका उद्घाटन सम्पन्न

आजको प्रोमिस अनलाइन टिभीको एक समारोहको बीचमा उद्घाटन सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोदन गर्दै डा. बालकृष्ण शर्माले मिडियाले परमेश्वरको राज्यमा महत्वपूर्ण हात रहेको बताउनु भयो । सो टिभीलाई प्रगतिको लागि शुभकामना सन्देश पनि व्यक्त गर्नुभएको थियो । उहाँले सो टिभीलाई क्लिक गरि उदघाटन गर्नुभएको थियो भने सोही संस्थाका द्धय संस्थापक बेनी कार्की र रोवर्ट जोनले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमका सभापति कार्कीले पाल्नु भएका सबै पाहुनाहरुलाई धन्यावाद दिनुभएको थियो । डा. बालकृष्ण बोल्नु भएको परमेश्वरको वचन तल हेर्न सक्नुहुनेछ ।

सोही संस्थाका सदस्य दिपक ढकालले प्रोमिस मिडियाको इतिहास र वर्तमानको चर्चापरिर्चा गर्नुभएको थियो । उहाँल्े सबैको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको थियो । प्रत्येक दिनमा युटुवमा कार्यक्रममा अपलोड गर्ने सो मिडियाको लक्ष्य गरेको छ । २ दशकदेखि मिडियाबाट विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी गराएको थियो । सो कार्यक्रममा नेपाल बाइबल सोसाइटीका तेज जिरेल, नारायण खड्का र पा. रुपनारायण तिम्लसिनाले शुभकामना सन्देश दिनुभएको थियो । सिधै http://promisetvnepal.com/ मा गएर थप जानकारी लिन सकिन्छ ।

Related Articles

Back to top button