ख्रीष्टमस तथा नयाँ बर्ष २०१९ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न्

सम्माननीय उपराष्ट्रपति नन्द किशोर पुनज्यूको कान्तिपथ स्थित भवनमा राष्ट्रिय ख्रीष्टियन महासंघले नयाँ वर्ष २०१९ तथा ख्रीमसको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्माननिय उपराष्ट्रपतिज्यू समक्ष राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.बी गहतराजज्यूले ख्रीष्टमस तथा नयाँ बर्ष २०१९को उपलक्षमा शुभकामना व्यक्त गर्दै २०६४ साल देखि ख्रीमसको सार्बजनिक विदा कटौति गरेको र नेपाल सरकारले विभिन्न समयमा भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयन नभएकोहँदा सम्मानीय उपराष्ट्रपतिज्यू समक्ष विशेष पहल गरिदिनहुन अनुरोध गर्नुभएको छ ।
महासंघको बरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीज्यूले राज्य र राज्यका विसिष्ट व्यक्तित्वहरुको लागि प्रार्थना गर्नु भएको थियो । साथै सहअध्यक्षज्यूहरु, डा. सरिता थापा, तेजमान तामाङ्ग उपाध्यक्षज्यूहरु, डोमा राई, बाबुराम हिमाङ्ग, अना पेडन, सल्लाहकारज्यू पा. सोनाम काबो, उपमाहासचिव तथा प्रवक्त उद्धव चिमोरिया, जर्मनका सद्भावदूत डा. डम्बर अधिकारीज्यू र ख्रीष्टियन पत्रकार विस्वास थापा, र दिनेश श्रेष्ठ लगायतका पदाधिकारीहरुले शुभकामना दिनु भएको थियो ।
सो कार्यक्रम्मा सम्मानीय उपराष्ट्रपतिज्यूले शुभकामना दिनुहँदैै संविधानले सबै जाती, भाषा, धर्म, संस्कृतिलाई समान अधिकार दिएको र राज्यबाट कसैलाई पनि विभेद नगरिने र ख्रीष्टिमस लगाएतका अन्य धार्मिक समुदायको चाडपर्वहरुको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईसकेको र ख्रीष्टमसको सार्बजनिक विदा पाउनु पर्ने धारण व्यक्त गर्नु भयो । साथै नेपाल सरकार र महासंघ विच भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयनको लागि आवस्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Related Articles

Back to top button