केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न

काठमाडौं ०८ माघ २०७५! राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक अध्यक्ष सि.बि.गहतराजज्यूको अध्यक्षतामा महासंघकै कार्यालय सातदोबाटोमा बस्यो । बैठकलाई सञ्चालन उपमहासचिव एंम प्रवक्ता पा. उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो भने स्तुति प्रशंसालाई सचिव एल्डर सुनिल तामाङ्गज्यूले अगुवाई गर्नुभएको थियो ।
विभिन्न विषयहरुमा सबै पदाधिकारीहरुले खुला तथा सौहर्दतापूर्ण वातवरणमा छलफल गर्नु भएको थियो । महासंघले गत महिना ख्रीष्टमस महत्वस २०१८ का अवसरमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरु जस्तै मोटरसाइकल शुभकामना र्याली, महिला विभागद्वारा आयोजना गरेको शुभकामना कार्यक्रम, ख्रीष्टमसका दिन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ख्रीष्टमस महोत्सव लगायतका कार्यक्रमहरु भव्यताका साथ सम्पन्न गरेकोमा श्रर्वप्रथम परमेश्वरलाई धन्यवाद दिदै, कोयर झुण्ड, स्वंम सेवक तथा सेविकाहरु, विभिन्न मण्डली तथा संघसंस्थाबाट सहाभागि भएका सबै सहभागिहरु, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष मा. अनुपराज शर्माज्यू तथा अतिथिहरु साथै प्रार्थना, सहयोग, सल्लाह, सुझाव दिनुहुने सबैलाई धन्यवाद ज्ञापन बैठकले गरेको छ ।
हालै सार्वजनिक विदा पुनारावलोकन समितिले नेपाल सरकार समक्ष प्रस्ताव गरेको विदाका सम्बन्धमा सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायका तर्पmबाट राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टमसका दिनमा सार्वजनिक विदा माग गरेकोमा पुनारावलोकन समितिले महासंघले गरेको मागलाई सम्मान गर्दै उक्त दिन सार्वजनिक विदा प्रस्ताव गरेकोमा समितिलाई धन्यवादको प्रस्ताव पारित गरेको छ साथै उक्त विदाको प्रस्तावलाई कार्यन्वायन गराउन नेपाल सरकारसँग प्रभावकारी तरिकाले पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
आगामी इस्टर कार्यक्रम आयोजना गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । बैठकले वरिष्ठ सहअध्यक्ष पा. फिलेमोन क्षेत्रीको संयोजकत्वमा सहअध्यक्षहरु पा. तेजमान तामाङ्ग, डा. सरिता थापा, रिता थापा मगर, पा. रिन्जी लामा, उपाध्यक्ष पा. जे.बि.भित्रकोटी, उपमहासचिव एंम प्रवक्ता पा. उद्धव चिमोरिया सचिवहरु पा. पे्रम कार्की तथा ए. सुनिल तामाङ्ग सदस्य रहेको इस्टर कार्यक्रमका लागि समन्वाय समिति गठन गरेको छ । यस समितिले संयूक्त इस्टर कार्यक्रम आयोजना गर्ने सम्बन्धमा पहल गर्ने छ । त्यसै गरी इस्टरका दिनमा पनि सार्वजनिक विदाका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
महासंघको विधान २०६८ को संशोधन २०७३ को धारा १८ बमोजिम उपमहासचिव पा. धनराज घिमिरेज्यूको संयोजकत्वमा ९ सदस्य केन्द्रिय सचिवलय पनि गठन गरेको छ जसमा सचिव पा.प्रेम कार्की, सचिव ए.सुनिल तामाङ्ग, कोषाध्यक्ष शुसिला खड्का, सहसचिव पा. भुपेन्द्र राई, सहकोषाध्यक्ष पा. आशा राई, केन्द्रिय सदस्यहरु अर्जुन भण्डारी, पा. कृष्णा परियार र आशा श्रेष्ठ सदस्य रहनुभएको छ ।
सहअध्यक्ष रिता थापा मगरज्यूको संयोजकत्वमा ५ सदस्य महासंघको लागि आवश्यक फण्ड रेजिङ्ग टीम पनि गठन गरेको छ जसमा उपाध्यक्षद्वय अन्ना पेडन र भवेन्द्र राई, उपमहासचिव पा. धनराज घिमिरे तथा कोषाध्यक्ष शुसिला खड्का रहनुभएको छ ।

बैठकले सदस्य सन्तु कुमारी तामाङ्गज्यूलाई महासंघको विधान २०६८ को धारा ४३ को ३ बमोजिम केन्द्रिय सदस्यमा सर्वसम्मतिका साथ मनोनयन गरिएको छ ।

अन्तमा महासंघका अध्यक्ष सि.बि.गहतराजज्यूले उपस्थित सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै वरिष्ठ सहअध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्रीज्यूको अन्तिम प्रार्थनाबाट बैठक समापन गरिएको थियो ।

* Credit: Fncn Nepal

Related Articles

Back to top button