४० दिने उपवास प्रार्थना फेब्रुवरी १ बाट शुरू

नेपाल क्याम्पस् क्रूसेड फर क्रूसेडद्वारा आयोजित राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना फेब्रुवरी १ बाट शुरू भएका छन् र यो प्रार्थना अभियान मार्च १२ सम्म ४० दिन गरिनेछ ।
यो प्रार्थना अभियान प्रत्येक वर्ष नेपाल लगायत विभिन्न राष्ट्रमा भएका नेपाल क्याम्पस् क्रूसेड फर क्राईसका कर्मचारी लगायत अरू विश्वासीले गर्दै आएका छन् भने यस प्रार्थना अभियानमा विभिन्न मण्डलीहरूमा सहभागी भई प्रार्थनाका उत्घाटन भै सकेका छन् ।
यस प्रार्थना अभियानमा ४० दिन भित्रमा १०÷१० दिनको हप्ता बनाई ४ हप्ता बनाएका छन् भने ४ पटक भेटि उपवास प्रार्थनामा आफुले पाएको आशिष् बाढ्नेका साथै वचनबाट उत्साह दिने गरिन्छ ।
यो राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना विश्वासीहरूको लागि धेरै आशिष्मय भएका कारण प्रत्येक वर्ष सहभागीहरूको बृद्धि भैरहेका छन् र यो २०१९ सालको प्रार्थनामा पनि सबै सहभागीहरूमा परमेश्वरले निश्चय नै भारी आशिष् वर्षाउनु हुनेछ । हाम्रा परमेश्वर प्रभुृृ येशू ख्रीष्टलाई धन्यवाद होस् ।

-मार्था राई

 

Related Articles

Back to top button