मनका कुरा नामक पुस्तक विमोचन

१० मार्च २०१९ का दिनमा एकान्तकुना स्थित एक रेष्टुरेन्टमा मनका कुरा नामक पुस्तक पा. रोवर्ट कार्थक र विष्णु राईको हातबाट विमोचन भएको छ । सो पुस्तकमा नेपाली भाषी पाष्टर, अगुवाहरुकोे गवाहीको पुस्तक हो भने यस पुस्तकका संकलन तथा लेखिका मार्था राई हुनुहुन्छ । सो कार्यक्रममा लेखक कमल अधिकारीले संचालन गर्नुभएको थियो भने विभिन्न व्यक्तिहरुले शुभकामना सन्देश दिनु भएको थियो । परमेश्वरको वचनबाट पाष्टर रोवर्ट कार्थकले उपस्थित पाहुनाहरुलाई उत्साह दिनुभएको थियो । परमेश्वर तपाईंहरुसँग प्रशन्न हुनुहुन्छ, त्यसकारण हामीले परमेश्वरको कार्य गर्नु पर्दछ भन्ने सन्देश प्रवाह गर्नुभएको थियो । पा. मंगलमान महर्जनले शुभकामनाका साथै अन्तिम प्रार्थना गरि सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

Related Articles

Back to top button