जिएनएससीएफको सम्मेलन भब्यताको साथ शुरु हुँदै

विश्वास थापा । १२ मार्च २०१९ । काठमाडौं । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियान फेलोसिफ (जिएनएससीएफ) को दोस्रो सम्मेलन आज ( मार्च १२) मा सानेपास्थित एक होटलमा भब्यताको साथ शुरु हुँदैछ । विश्वभरि छरिएर रहेका नेपाली पाष्टर र अगुवाहरु १ हजार भन्दा वढी सम्मेलनमा सहभागिता हुँदैछन् ।
राजधानीमा आयोजना हुने सो सम्मेलनको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

सो सम्मेलन आज अपहन २ बजे समुद्घाटन हुनेछ । सम्मेलन तीन दिनसम्म संचालन हुनेछ । स्तुती प्रशंसामा पा. सामुएल कार्थकले अगुवाइ गर्दै हुनुहुन्छ ।

यस सम्मेलनमा प्रमुख वक्ताका रुपमा पास्टर रोबर्ट कार्थक, रेभ रमेश रिजार्ड, रेभ पास्टर मंगलमान महर्जन, रेभ पास्टर जोशेफ श्रेष्ठ, डा.टोम रोक्सास र रेभ पीएस टिङबो रहनु भएका छन् ।
अरु शेसनहरुमा डा.बालकृष्ण शर्मा, मनोज श्रेष्ठ, विनि कार्की, डा.भाल कुमारी, एल्डर दयारत्न प्रधान र रेभ यज्ञराज सुवेदी लगायतका बोल्नु हुनेछ ।
यस सम्मेलनलाई विश्वभरिका नेपाली ख्रीष्टियनहरुले विशेष चासोका साथ हेरिरहेका छन् ।

Related Articles

Back to top button