प्रथम नेपाली इसाई फुटबल प्रतियोगिता जापानमा सम्पन्न

जापान । नेपाली ख्रिस्टियन एकता समाज जापानको आयोजनामा प्रथम नेपाली इसाई फुटबल प्रतियोगिता जापान २०१९ सम्पन्न भएको छ ।
आइतवार जापान भरि छरिएर रहेका सबै नेपाली भाषी बिश्वाशिहरु बिचमा भातृत्व,प्रेम ,आत्मियता र एकतामा रहोस भन्ने उद्देश्यले टोक्यो ,शिनागावा म्यारिन युनिवेर्सिटी को फुटबल मैदानमा खेल सम्पन्न भएको थियो ।
प्रतियोगितमामा भागलिने समुहहरु उत्साह नेपाली चर्च , चिबा नेपाली संगति , यानाका नेपली संगति र युहान नेपाली संगति सहभागी भएका थिए ।
शुरुवातको प्राथना उत्साह मण्डलीका एल्डर सुरज चन्द गुरुङले गर्नुभएको थियो र छोटो बचन उत्साह नेपली चर्चका पास्टर चन्द्र किरण मगरले बाडनुभएको थियो ।
खेल मैदानमा असल र अनुशासनमा रहेर सबैजनाले नियम पालना गरेका थिए । यस फुटबल प्रतियोगितामा उत्साह नेपाली चर्च प्रथम , यानासा नेपाली संगति दोश्रो ,चिबा नेपाली संगति तेश्रो र युहान नेपली संगति चौथो भएको छ ।
सबै प्रतियोगीहरुलाई बधाई दिदै उत्साह नेपाली चर्चका एल्डर तथा नेपाली ख्रिस्टियन एकता समाज जापानका अध्यक्ष सुर्य राईले सबै बिजेताहरुलाई प्रमाण पत्र बाड्नुभएको थियो ।

Related Articles

Back to top button