दुबईको युनियन मेट्राे स्टेशनमा न्यु बिगिनिङ चर्चको संगति सुरु

न्यु बिगिनिङ चर्च दुबईमा संगतिकाे लागि सबैलाई स्वागत संसारकाे जुनसुकै देशकाे तथ्याङ्क हेर्ने हाे भने सायद नेपाली नपुगेकाे देश छैन भन्दा खासै फरक नपर्ला । ती देशहरूमध्येका देश युएई(युनाइटेड अरब इमिरेट्स) पनि हाे । जहाँ हजारौँ नेपालीकाे बसाेबास रहेका छन् । काेही राेजगरीकाे सिलसिलामा त काेही व्यापर व्यावसायकाे दाैरनमा पुग्ने गरेकाे पाइन्छ । ती हजाराैंकाे संख्यामा रहेका नेपालीका बीचमा इसाई दाजुभाइ र दिदीबहिनीहरू पनि धेरै छन् । यसरी धेरै लामाे समयदेखि युएईकाे दुबईमा बस्दै आएका केही इसाई मिलेर अक्टाेबर १९, २०१८ देखि दुबई युनियन मेट्राे स्टेशन नजिकै न्यु बिगिनिङ चर्च (NEW BEGINNING CHURCH)काे नाममा स्थापित गरी प्रत्येक शुक्रबार २ बजेदेखि ४ बजेसम्म संगति गर्दै आएकाे छ भने पा. राेशन गिरिले पास्टरिय सेवाकाइलाई सम्हाल्दै आउनुभएकाे छ । यदि दुबई आएर तपाईहरूले संगति पाउनु भएकाे छैन भने उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ । जसकाे लागि सम्पर्क नम्बर तल दिएकाे छ भने NEW BEGINNING CHURCH काे फेसबुक पेजमा गएर थप जानकारी लिन सक्नुहुनेछ ।

पा. राेशन गिरि 0568421155

सन्ताेष पुन मगर 0568703407

डेविड शर्मा 0528399121

Related Articles

Back to top button