नेपाल ख्रीष्टियन समाजको अध्यक्षमा पा. जोसेफ श्रेष्ठ

जेष्ठ ७ गतेदेखि नेपाल ख्रीष्टियन समाजको २३ औं बार्षिकोत्सव तथा १८ औं महासभा कार्यक्रम भब्यताको साथै सम्पन्न भएको छ । कालोपुलस्थित नेपाली इसाई मण्डलीको सभाहलमा ९ गतेसम्म चलेको सो महासभामा १५१ जम्बो केन्द्रीय कार्यसमिति बनेको छ । परामर्श परिषद र सल्लाकार समितिले १५१ सदस्य चयन गरिएको हो ।

सो संस्थाका संस्थापक कन्भेनर डा. तिर्थ थापालेले १५१ सदस्यहरुको घोषणा गर्नुभएको थियो । संसोधित विधान बमोजिम केन्द्रीय अध्यक्षमा पा. जोसेफ श्रेष्ठ, सहअध्यक्षमा क्रमश रेभ. पा. मंगलमान महर्जन, पा. दानिएल सुब्बा, पा. सामुएल कार्थक, उपाध्यक्षहरु क्रमश पा. विक्रम वर्णवास एक्तेन (प्रदेश १), पा. पिटर कमलेश्वर ( प्रदेश २), पा. राजेन्द्र मल्ल ( प्रदेश ३), पा. केपी त्रिपाठी ( गण्डकी प्रदेश , पा. चित्र गुरुङ्ग ( प्रदेश ५, पा. नविन दर्लामी (कर्णाली प्रदेश , पा. हिरालाल भाट ( सुन्दर सुदुरपश्चिम प्रदेश रहनु भएको छ ।

त्यसैगरी महासचिव पदमा पा. डिल्लीराम पौडेल, पुनः चयन हुनुभएको छ, साथै कोषाअध्यक्षमा श्री सुरेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा पा. विजय थापा, द्धय सचिवमा पा. मुकुन्द्रकुमार शर्मा, श्री कुवेर गुरुङ्ग चयन हुनुभएको छ ।
विभिन्न विभागहरु खडा गरिएको छ । विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी दिएको छ । आत्मिक विकास समन्वयमा दिलिप क्षेत्री, धार्मिक स्वतन्त्रता आयोगमा पा. टंक सुवेदी, अन्तरधार्मिक समन्वयमा विपी खनाल, नेपाली ख्रीष्टियन प्रवासी समन्वयमा पा. जिरमान राई, नेपाल ख्रीष्टियन युवा आयोगमा मदन शाह, गैरसरकारी संस्था समन्वयमा डा. कृष्णमान शाक्य, अन्तराष्टिय गैरसरकारी संस्था समन्वयमा खीम कँडेल, पारा चर्च समन्वयमा रामप्रसाद श्रेष्ठ, धर्मशास्त्रीय शिक्षा समन्वयमा डा. बालकृष्ण शर्मा, व्यापार व्यवसाय समन्वयमा आशिष खड्का, प्रार्थना संयोजनमा पा. आरपी देवकोटा, प्रकाशन संयोजनमा भुवन देवकोटा, सतावट समन्वयमा पा. वर्णवास श्रेष्ठ चयन गरिएको छ ।

प्रदेशहरुबाट विभिन्न व्यक्तिहरुलाई चयन गरिएको छ भने अरु थप सदस्यहरु पनि थप्ने जानकारी प्रेस मिटमा जानकारी गराएको थियो ।

सो सम्मेलनमा १० बुद्धे सहमतिसमेत भएको थियो । नेपालको पुरानो संस्था एनसिएफ नेपाल र एनसिएस बीचमा सहकार्य गर्नुको निम्ति सो भएको जानकारी प्राप्त भएको छ ।

पत्रकार सम्मेलनमा नव नियुक्त अध्यक्ष पा. जोसेफ श्रेष्ठले सबैसँग मिलेर कार्य गर्ने बताउनु भयो ।

Related Articles

Back to top button