२० दिने निशुल्क मिडिया तालिम समापन

निशुल्क २० दिने मिडिया तालिम सम्पन्न गुड न्यूज मिडिया (टेलिभिजन) ले २० दिने निशुल्क मिडिया तालिम समापन गरेको छ । उक्त २० दिने तालिममा फोटो-भिडियोग्राफी र भिडियो सम्पादनको विषयमा सैद्धान्तिक र प्रयोगात्मक शिक्षा प्रदान गरिएको थियो । SEE परिक्षा दिएका यूवाहरूलई सीप प्रदान गर्न र मिडिया मार्फत भविश्यमा केहि गर्ने चाहनाहरुलाई उत्साहित गर्ने उदेश्यले निशुल्क मिडिया तालिम 5 मे मा सम्पन्न भएको हो । विगत १० वर्ष देखि विभिन्न टेलिभिजनमा काम गरिसकेका अनुभवी तथा गुड न्यूज मिडिया प्रा.लि का निदेशक सुमित नेपालीले फोटोग्राफी र भिडियोग्राफीको बारेका सिकाउनु भएको थियो भने भिडियो सम्पादन बारे अमर मजाकोटीले तालिम प्रदान गर्नुभएको थियो । तालिममा डकुमेन्ट्री, म्यूजिक भिडियो, जीवन गवाही, टेलिभिजन कार्यक्रम लगाएत अन्य भिडियोहरू कसरी खिच्ने, उत्पादन तथा सम्पादन कसरी गर्ने र जनसमुदायमा कसरी पुर्याउने भनेर प्रयोगात्मक प्रशिक्षण गराइएको, तालिमका सञ्चालक सिमियोन रोक्काले जानकारी गराउनु भयो । वर्तमान अवस्थामा सामाजिक सञ्जालको प्रयोग दिन दिनै बढ्दो छ अनि श्रब्यदृश्य (भिडियो ) मार्फत सुसमाचार प्रवाह गर्न सजिलो भएकाले अाफु युवा भएर युवाहरूको माझमा मिडिया मार्फत केहि गर्छु भनेर लागि परेको मिडियाका निर्देशक सुमित नेपालीले जानकारी गराउनु भयो । साथै उक्त निशुल्क तालिम सञ्चाल गर्न कुनै संघसंस्थाको सहयोग बिना अाफ्नो व्यक्तिगत रकम लगानी गरेको र भविश्यको दिनमा पनि यस्तै तालिम सञ्चालन हुने कुरा पनि जानकारी दिनुभयो । गुड न्यूज मिडिया (टेलिभिजन ) को कार्यालय ललितपुर नखिपोर्टमा तालिम सञ्चालन भएको थियो । उक्त तालिममा विभिन्न मडण्लीहरूबाट २५ जना भन्दा बढिको सहभागीता रहेको थियो । उक्त तालिमले युवाहरूमा रोजगारीको अवस्था सृजना गरेको र रोजगारीका साथै सुसमाचारको लागि मिडिया प्रभावकारी रहेको र अबका दिनमा मिडियाबाट केहि गर्ने कुरा प्रशिक्षार्थीहरूले व्यक्त गरेका थिए ।

Related Articles

Back to top button