लेखक  लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु”

लेखक  लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु” ललितपुरस्थित ज्योति ग्रेट कमिसन फेलोसिपमा  एक समारोहकाबिच लोकार्पण गरिएको छ ।

सो  समारोहमा विभिन्न व्यक्तित्वहरूले यस पुस्तकको सान्दर्भिकताका बारेमा बताउनुभएको थियो । पास्टर राजु सुन्दास, वक्ता रुवेन राईले सो पुस्तकको बारेमा बताउनु भएको थियो  |

सुरुको प्रार्थना पास्टर राजेन्द्र मल्लले  सो पुस्तक लोकार्पण कार्यक्रममा लोकार्पणको प्रार्थना पास्टर चन्द्र श्रेष्ठले गर्नुभएको थियो । लेखक थुलुङले हालै लोकापर्ण भएको पुस्तक आशाको ऋृतुको परिचय दिनुहुँदै बाइबलबाट रोमीको पुस्तकमा आधारित आशाको विषयमा केन्द्रित रहेर यो पुस्तक लेखिएको जानकारी गराउनुभएको थियो ।

वर्तमान समय आशालाई छर्ने समय भएकोले पुस्तकको नाम नै आशाको ऋृतु राखिएको जानकारी गराउनु भयो |

Related Articles

Back to top button