नेपाली ख्रीष्टियन फिल्म फेस्टिवलआयोजना हुँदै

डुलोस मिडिया मिनिस्ट्रीले आउँदो भदौ ७ गते नेपाली ख्रीष्टियन फिल्म फेस्टिवल आयोजना हुने भएको छ । यस मिडिया नेपाली ख्रीष्टियन चलचित्र, डकुमेन्ट्री र गीतसंगीत निर्माण गर्दै आइरहेको छ । यु–टयुबबाट पनि विभिन्न कार्यक्रम र गीतसंगीतमा कार्य गरिरहेको छ । नेपाली भाषीमै पहिलो पटक हुन लागेको नेपाली ख्रीष्टियन फिल्म फेस्टिवल हुन लागेको हो ।
फिल्मकर्मीहरुलाई एक साझा मञ्चमा ल्याउने, नयाँ र पुराना प्रतिभालाई उजागर गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गर्ने र गराउने, उत्साह दिने, सत्यतथ्य घटनामा आधारित प्रेरणादायी र आशिषमय भिडियो बनाउने, आदि गरिने जानकारी सो मिडियाका निर्देशक रविन गुुरुङ्गले दिनुभयो । आउँदो २०७६ भदौ ७ गते शनिवार, दिउँसो २ बजे सो कार्यक्रम हेप्जिवाहको हल, बालकुमारी, ललितपुरमा हुनेछ । यस ख्रीष्टियन फिल्म फेस्टिवलमा चर्चहरु, संस्थाहरु, मिडियाकर्मीहरु लगायत सबैलाई सहभागिताको लागि गुुरुङ्गले अनुरोध गर्नुभएको छ ।

Related Articles

Back to top button