ग्लोवल ग्रेट कमिसन नेटवर्क नेपालमा शुरु

ग्लोवल ग्रेट कमिसन नेटवर्क नेपालमा पनि सुरु भएको छ । टोकियोमा सन् २०१० सालमा स्थापना भएको ग्लोवल ग्रेट कमिसन नेटवर्कले संसारभरि कार्य गर्दै आएको छ । अगस्ट ९ का दिन ढोलाहिटीमा रहेको एनपिएल गेस्ट हाउसमा कार्यक्रम राखि आधिकारीक रुपमा नेपाल च्याप्टर स्थापना गरिएको छ । 
चेलापनको बारेमा परमेश्वरको वचनबाट रेभ. हर्क खड्काले बाड्नु भएको थियो भने अन्तिम प्रार्थना एनसिएफ नेपालका केन्द्रिय सचिव विरबहादुर तामाङले गर्नुभएको थियो ।

ग्लोवल ग्रेट कमिसन नेटवकका केन्द्रिय सदस्य राधाकृष्णले सो नेटवर्कको बारेमा प्रकाश पार्नुभएको थियो । यस नेटवर्कले सेवकाईमा कसरी केन्द्रित हुने, सेवकाईमा स्रोतसाधन कसरी परिचालन, सहकार्य र हातेमालो गर्न सकिन्छ भन्ने बारेमा बताउनु भएको थियो । यस नेटवर्कले नेटवर्क मात्र गर्दछ भने यहाँभित्र रहेका सदस्यहरुले आफ्ना आफ्ना स्रोतसाधन प्रयोग गरि चेला बनाउने रहेको जानकारी गराउनु भएको थियो ।

नेपाल च्याटरमा राष्ट्रिय संयोजक पा. टेक रिजाल चुनिनु भएको छ भने उहाँको टिममा अरु ६ जना रहनु भएका छन् ।

Related Articles

Back to top button