किचाई मण्डली भवन उदघाटन

कृष्णपुर नगरपालिका,कञ्चनपुरका उपप्रमुख रमिता राना थारुज्युकाे किचाई मण्डली भवन नेपाल राष्ट्रिय मण्डली एलायन्सकाे सहकार्यमा उदघाटन कार्य सुसम्पन्न भयाे । साे नवनिर्मित मण्डली भवन नेपाल राष्ट्रिय मण्डली अलायन्सका काेषाध्यक्ष रेभ.बिश्वदेव खडका र कञ्चनपुर क्षेत्र नं.२का प्रतिनिधि सदस्य माननीय नर बहादुर थामी ज्युले संयुक्तरूपमा रिबन काटी उदघाटन गर्नुभएको थियाे। उदघाटन समाराेहमा प्रमुख वक्ता नेपाल राष्ट्रिय मण्डली अलायन्सका केन्द्रीय सहसचिब रेभ.हिमाल जाेसेफ राईले मण्डली ख्रीष्ट येशुकाे देह भएको हुनाले मण्डली भवन सबै जातीको लागि प्रार्थनाकाे घर हुनुपर्ने, मण्डली हराएका मानिसहरुलाई सुसमाचार सुनाउने सुसमाचारकाे केन्द्र हुनुपर्ने र मण्डली अाशिषकाे स्राेतकाे रुपमा रहनुपर्ने बताउनुभयाे। त्यसैगरी माननीय नरबहादुर थामीले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको हुनाले सबैले अाअाफ्नाे अास्था बमोजिमको अभ्यास गर्न संबिधानले व्यवस्था गरेकाे बताउदै अाफ्नाे क्षेत्रमा अल्पसंख्यक इसाई समुदायलाई अाफ्नाे तर्फबाट भेदभाव नगरि प्रत्येक बर्ष अाफ्नाे क्षेत्र बिकास काेषबाट चर्चकाे बिकास र संरक्षणकाे लागि अार्थिक सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे। भवन निर्माणकाे लागि कञ्चनपुर क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य माननीय नरबहादुर थामीज्युले सांसद क्षेत्र बिकास काेषबाट रु.१०लाख कृष्णपुर न.पा.लेपनि अार्थिक सहयाेग गरेकाे थियाे।

 

कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना थारु र उहांकाे श्रीमान पाष्टर बीरबहादुर राना थारु र माननीय नरबहादु, थामीसंग ।

 

Related Articles

Back to top button