८ जनाको  बप्तिष्मा यर्दन नदीमा 

विश्वास थाापा

कार्तिक ५, ललितपुर

लामो समयसम्म इस्राएलमा संयुक्त नेपाली मण्डली स्थापना भई विश्वासीहरुलाई सेवा पु¥याउदै आइरहेको छ । यस चर्चका पाष्टर माया सुनुवार हुनुहुन्छ । लामो समयदेखि इस्राएलमा रहेर यस मण्डलीको सेवकाइ पु¥याइ रहनु भएको छ । नेपाल देशबाहिर भएर महिला पाष्टरिय सेवकाईमा लाग्नु भएका सुनुवार सम्भव नेपाली इसाईहरुको निम्ति ऐतिहासिक पात्रको रुपमा हेरिएको छ ।

अक्टोवर २१ तारिखका दिन सोही मण्डलीका ८ जना सदस्यहरुले इस्राएलस्थित प्रशिद्ध नदि यर्दनमा पानीको बप्तिष्मा लिएका जानकारी पा. माया सुनुवारले वचन पत्रिकालाई दिनुभएको छ । बप्तिस्मा कार्यक्रम पछि धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमणसमेत गरिएको थियो । निरन्तररुपमा सो चर्चले बप्तिष्माको कार्यक्रम आयोजना गरिरहको छ । 

Related Articles

Back to top button