इम्मानुएल वेस्लेयान चर्चमा बंम विष्फोट गराउने योजनाकार पक्राउ

मकवानपुरको साविकको हटिया गाविस– ५ घर भई हाल काठमाडौं महाराजगंज बस्ने ३९ वर्षका बिजय शर्मा भन्ने माधबप्रसाद भण्डारीलाई अपराध महाशाखाको टोलीले प्रकाउ गर्न सफल भएको छ । भण्डारी हिन्दू मोर्चा नेपालका केन्द्रीय संयोजक रहेका छन् । काठमाडौंको रामशाहपथबाट बुधबार पक्राउ गरेको प्रहरी प्रवक्ता  नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

२०७२ भदौ २८ गते राती ११ बजेर २० मिनेटको समयमा चर्चमा विस्फोट गराएका थिए । संसदबाट संविधान घोषणा भएको लगतै धर्म निरपेक्ष राष्ट्रको विरुद्धमा झापाको तत्कालिन खजुरगाछी–६ स्थित इम्मानुएल वेस्लेयान चर्चमा विस्फोट गराएका थिए ।

बुधबार पक्राउ परेका भण्डारीलाई विष्फोटक पदार्थ ऐन २०१८ तथा संगठित अपराध निवारण ऐन २०७० अनुसार कारवाही हुनेछ ।

Related Articles

Back to top button