ख्रीष्टियन महासंघले फौजदारी विधेयकलाई स्वागत ग-यो

रिर्पोटस क्लवमा एक कार्यक्रम गरि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकोले फौजदारी विधेयकलाई स्वागत गरेको छ । इसाई समुदायमा चर्को विरोध भईरहेको सो विधेयकलाई महासंघले स्वागत गरेर चकित तुल्याएको छ ।
महासंघका सिवी गहतराजले भने, “यो विधेयकले कही पनि प्रचार गर्न रोकेको छैन । समाजिक संजालमा गरिएको प्रचारवादी मनगन्ते हो । यो फौजदारी विधेयक ठीक छ । यस विधेयकले समान अधिकार र समुदायलार्य मजबुत बनाएको छ । महासंघ यस विधेयकलाई स्वागत गर्दछ । यस विधेयकले ख्रीष्टियन समुदायलाई कुनै असर पार्दैन ।”
ढुक्क भएर प्रचार र अभ्यास गर्नुहोस भनेर समुदायलाई आश्वस्त पारेका पार्न समेत भाएका थिए । कुन कुन कुराले आश्वस्त पार्ने भनेर प्रस्टरुपमा बताउनु भएन । यो विधेयकलाई डर देखाएर कतिले प्रोजेक्ट बनाएको आरोपसमेत लगाए । यो विधेयकको विरुद्धमा स्याली र आन्दोलन गर्नु कुनै औचित्व नरहेको उनका दावी छ ।
विभिन्न पत्रकारहरुको जवाफ गहतराजले दिनुभएको थियो । सो पत्रकार सम्मेलनमा प्रवक्ता सागर बैजु, महासचिव पदमनाथ पराजुलीले बोल्नु भएको थियो भने केन्द्रिय सदस्य तेज रोक्काले सो कार्यक्रम संचालन गरेको थिए ।

Related Articles

Back to top button