तिनले आफ्नो अद्भूत खुबीलाई खराबीको निम्ति होइन भलाइको निम्ति प्रयोग गर्न थाले

ख्रिस्टाब्द १९६९-१९७३ सम्म चार्ल्स कोलसनले अमेरिकाका सैँतिसौँ राष्ट्रपति रिचार्ड निक्सोनका कानुनी सल्लाहकारको रूपमा काम गरेका थिए । तिनी प्रतिभावान् व्यक्ति थिए भन्ने तथ्यलाई इन्कार गर्न सकिँदैनथ्यो तर त्यो प्रायशः राष्ट्रपति निक्सोनको अन्धकारपूर्ण पक्षलाई उत्साह दिन लागु हुन्थ्यो । निक्सोनको प्रशासन कालमा कोलसन निकै सांसारिक र डरछेरुवा थिए । कोलसन वाटरगेट प्रकरणका एक जिम्मेवार व्यक्ति थिए जुन प्रकरणले गर्दा तिनले बदनामी मात्र कमाएन, तर सात महिने जेल जीवन पनि गुजार्नुपर्योक ।

तर एउटा ख्रीष्टियान किताबले तिनको जीवनमा आमूल परिवर्तन ल्याइदियो । त्यो पुस्तकको नाउँ हो, मेएर क्रिस्चियानिटी । बिसौँ शताब्दीका विख्यात रक्षाशास्त्री सी. एस. लेविसद्वारा लिखित यस पुस्तकलाई तिनले आफ्ना नजिकैको मित्रबाट हात पारेका थिए । बौद्धिक अहम्‌बारे लेखकको प्रस्तुतीकरणले कोलसनलाई प्रहार गर्योप र ख्रिस्टाब्द १९७३ को अगस्ट महिनामा तिनी ख्रीष्टियान बने । त्यसपछि तिनी नयाँ मान्छे भए । तिनका मूल्य-मान्यताहरू परिवर्तन भए । अब तिनले आफ्नो अद्भूत खुबीलाई खराबीको निम्ति होइन भलाइको निम्ति प्रयोग गर्न थाले ।

१६ अक्टोबर १९३१ मा अमेरिकामा जन्मेका कोलसनले १९७६ मा प्रिज्न फेलोसिप (झ्यालखानाका बन्दीहरूलाई सुसमाचार सुनाउने संस्था) को स्थापना गरे । हाल विश्वव्यापी बनेको यो संस्था तिनको आफ्नै जेल जीवनको अनुभवबाट उदय भएको थियो । तिनको यस सेवा-कार्यबाट लाखौँ मानिसले सुसमाचार सुन्ने मौका पाएका छन् । तिनले तिस ओटाभन्दा बेसी कृति छाडेर गएका छन् । ब्रेक पोइन्ट नामक तिनको दैनिक रेडियो कार्यक्रमबाट धेरैले प्रेरणा पाए ।

यसरी आफ्नो अधिकारलाई बेइमानीपूर्वक प्रयोग गर्दै आएका कूटनीतिज्ञको दृष्टिकोणलाई ख्रीष्टियान शिक्षाले रूपान्तरण ल्याएको थियो ।

  • Kamal Adhikari

Related Articles

Back to top button