ख्रीष्टिय राजदूत शिविर देशब्यापी

– विश्वास (रामहरी) थापा

निरन्तररुपमा तिहारको सययमा एजी समुदायले विभिन्न जिल्लाहरुमा एकसाथ प्रत्येक वर्ष ख्रीष्टिय राजदूत शिविर संचालन गरिरहेको छ । यो समुदायको नेपालमा सबैभन्दा ठूलो पकड रहेको छ । पूर्वदेखि सुदुर पश्चिमसम्म एजीका विभिन्न नाउ रहेका मण्डलीहरु प्रशस्त देखिन पाइन्छ । विशेष गरि शालोम एजी (कलकी), नवजीवन एजी (कुपन्डोल), बेथेल एजी ( गौशला), निसी निवास (बौद्ध), धनगढी एजी (धनगढी)  मुख्य मण्डलीहरु हुन् । तिनीहरुका शाखा मण्डलीहरु विभिन्न जिल्लाहरु छरिएर रहेका छन् ।

यो वर्षको नारा “युवा अवस्थामा नै आफ्नो सृष्टिकर्ताको सम्झना गर” भन्ने शिर्षकमा विभिन्न स्थानिय वक्ताहरु र पाहुनाहरुले बोलेका थिए ।

हाल सुदुर पश्चिमका रहेका धनगढीस्थित एजी चर्चमा २ हजार भन्दा वढीको युवाहरु जम्मा भएका थिए । यस्तै दाङ्गमा, काठमाडौंका विभिन्न चर्चहरुमा, नाला (काभ्रे) मा साथै अरु विभिन्न जिल्लाहरुमा शिविर भइरहेको छ भने कुनै ठाउँहरु सकिसकेको छ । यस्तै अरु गैर एजी विभिन्न चर्चहरुमा युवासम्बन्धीत कार्यक्रम भइसकेको छ । इसाई मिडियाहरुको विशेष आँखा सुदुर पश्चिमले तानेको छ । २ हजार भन्दा वढी युवाहरु जम्मा भएको खबरले प्राय इसाईहरुका फेसवुक र वेवसाइटहरु भरिएका छन् । २ हजार इसाई युवाहरु जम्मा भएको नेपालको पहिलो सभा सम्भवत हुनु पर्दछ । एसम्बलीज अफ गड् नेपालका केन्द्रिय अध्यक्ष जोशेफ श्रेष्ठ, डग ज्याकव, अब्राहाम मनस्य, जे.बी.र युवा आशिष् हमालले यस शिविरलाई सम्बोधन गर्नुभएको थियो ।

Related Articles

Back to top button